पेनिस ला लिगा फुटबलमा ओसाउना र ग्रानाडाले विजयी सुरुवात गर्दा आइबर र सेल्टाभिगोले गोल रहित बराबरी गरेका छन्।
ला लिगाको नयाँ सिजन गएरातिबाट सुरु भएको हो। सिजनको पहिलो खेलमा आइबरको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले पाएको अवसरको सदुपयोग गर्न सकेनन् र खेल गोल रहित बराबरीमा सकिएको छ।
गएराति नै भएको अर्को खेलमा ओसासुनाले काडिजलाइ २–० गोल अन्तरले पाखा लगाँउदै विजयी सुरुवात गरेको हो। पहिलो हाफको १० औं मिनेटमा एड्रियन लोपेजको गोलमा ओसासुनाले खेलमा सुरुवाती अग्रता बनाएको थियो।
खेलको ७९ औं मिनेटमा रुवेन गार्सियाले दोस्रो गोल थप्र्दै खेलालाइ २–० को स्थितिमा पुर्याका थिए।
गएराति नै भएको अर्को खेलमा ग्रानाडाले एथलेटिको बिल्बावोलाइ २–० ले नै पराजित गर्यो। पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
४९ औं मिनेटमा याञ्जेल हेरेराको गोलमा ग्रानाडाले अग्रता बनाएको थियो। त्यसको चौथो मिनेटमा नै लुइस मिल्लाले दोस्रो गोल थप्दै अग्रता दोब्बर पारे।
प्रकाशित मिति २०७७ भदौ २८ गते आईतबार ०४:१७