नाओमी ओसाकाले जितिन् यसवर्षको महिला यूएस ओपनको उपाधि

नाओमी ओसाकाले जितिन् यसवर्षको महिला यूएस ओपनको उपाधि

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २८ गते आईतबार ०६:१७

जापानकी नाओमी ओसाकाले यसवर्षको महिला यूएस ओपन टेनिसको उपाधि हात पारेकी छिन्। यससँगै २२ वर्षकी ओसाकाले तेस्रोपटक ग्रान्ड स्लाम उपाधि जितेकी छिन्। फाइनलमा ओसाकाले ३१ वर्षकी बेलारुसकी भिक्टोरिया एजारेन्कासँग प्रतिस्पर्धा गरेकी...

जापानकी नाओमी ओसाकाले यसवर्षको महिला यूएस ओपन टेनिसको उपाधि हात पारेकी छिन्।

यससँगै २२ वर्षकी ओसाकाले तेस्रोपटक ग्रान्ड स्लाम उपाधि जितेकी छिन्।

फाइनलमा ओसाकाले ३१ वर्षकी बेलारुसकी भिक्टोरिया एजारेन्कासँग प्रतिस्पर्धा गरेकी थिइन्।

ओसाकाले एजारेन्कामाथि १–६, ६–३ र ६–३ को स्कोरको जित निकालेकी हुन्।

एजारेन्का सन् २०१३ पछि पहिलोपटक फाइनलमा पुगेकी थिइन्।

ओसाका हालसम्म ३ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेकी छिन्। सबै फाइनलमा उनले जित हासिल गरिरहेकी छिन्। एजेन्सी

प्रकाशित मिति २०७७ भदौ २८ गते आईतबार ०६:१७
प्रतिक्रिया दिनुहोस