रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाउने फुटबलर बने मेस्सी

रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाउने फुटबलर बने मेस्सी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३० गते मङ्गलबार ०४:४७

क्रिस्टियानो रोनाल्डोलाइ पछि पार्दै बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने फुटबलर बनेका छन्। फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष स्थानमा छन्। युभेन्टसका...

क्रिस्टियानो रोनाल्डोलाइ पछि पार्दै बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने फुटबलर बनेका छन्।

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष स्थानमा छन्। युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्।

फोर्ब्स म्यागेजिनका अनुसार मेस्सीले वार्षिक १ सय २६ मिलियन अमेरिकी डलर कमाइ गरेका छन्। दोस्रो स्थानमा रहेका रोनाल्डोको १ सय १७ मिलियन डलर छ।

तेस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी) का नेयमारको कमाइ ९६ मिलियन अमेरिकी डलर छ। पीएसजीकै अर्का स्टार खेलाडी केलियन एम्पापे चौथो स्थानमा छन्।

उनको कमाइ ४२ मिलियन अमेरिकी डलर छ। पाँचौ स्थानमा लिभरपुलका मोहमद सलाहको ३७ मिलियन अमेरिकी डलर छ।

म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा ३४ मिलियन अमेरिकी डलरसहित छैटौं, बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान ३३ मिलियन अमेरिकी डलर सातौं र २९ मिलियन अमेरिकी डलरसहित रियल मड्रिडका ग्यारेथ बेल आठौं स्थानमा छन्।

बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की २८ मिलियन अमेरिकी डलरसहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड डी गिया २७ मिलियन अमेरिकी डलरसहित दशौँ स्थानमा रहेका छन्।

प्रकाशित मिति २०७७ भदौ ३० गते मङ्गलबार ०४:४७
प्रतिक्रिया दिनुहोस