मलेसियामा केही समय अगाडि २० वर्षका ज्याकरिज रोजीको स्मार्टफोन सुतिरहेकै स्थानबाट हराएको थियो।
उनले उक्त फोन कसैले चोरेको होला भनेर सम्झिएका थिए।
यद्यपी केही समयपछि उक्त फोन खोज्दै जाँदा भेटियो। फोन बिग्रिएको थिएन।
उनले आफ्नो फोनमा पहिलेका फोटो र भिडियोहरु हेर्न खोजे। जब उनले ग्यालेरी खोले उनले विश्वास गर्न सकेनन्।
फोनमा बाँदरको पोज–पोजको सेल्फी फोटो र भिडियो थियो।
उनले अचम्म मान्दै बाँदरका सेल्फीहरु सामाजिक सन्जालमा पोस्ट गरेपछि यतिबेला यो विषय भाइरल बनेको छ।
२० वर्षका किशोर ज्याकरिजले सुतिरहेकै खाटबाट फोन हराएको बीबीसीसँग बताए। उनले फोन शनिबार हराएको बताए।
यद्यपी फोन आइतबार नै भेटिएको थियो। उनका पिताले छोराको हराएको फोन भेटिन्छकी भनेर कल गरेका थिए।
नजिकैको रुखहरु रहेको स्थानमा रिङ बजेपछि उनीहरु फोन भएको स्थानमा गएका थिए। त्यसरी फोन भेटिएको थियो। एजेन्सी
(भिडियो)
https://youtu.be/742nUXl2wvk
प्रकाशित मिति २०७७ भदौ ३१ गते बुधबार ११:०७