जनकपुर आइपुगे दुई रेल, हेर्नेको घुइँचो – फोटोफिचर

जनकपुर आइपुगे दुई रेल, हेर्नेको घुइँचो – फोटोफिचर

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २ गते शुक्रबार ०९:३७

जनकपुर–जयनगर रेल जनकपुरधाम आइपुगेका छन्। भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेका नयाँ दुई सेट रेल शुक्रबार दिउँसाे जनकपुरधाम ल्याइएको हो। पहिलो चरणमा जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि उक्त दुई...

जनकपुर–जयनगर रेल जनकपुरधाम आइपुगेका छन्। भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेका नयाँ दुई सेट रेल शुक्रबार दिउँसाे जनकपुरधाम ल्याइएको हो।

पहिलो चरणमा जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि उक्त दुई सेट रेल निर्माण कम्पनीले केही बेरमै नेपाल सरकारलाई हस्तान्तरण गर्दै छ।

जनकपुरको पुरानो रेल्वे स्टेसनमा रेल हस्तान्तरणको लागि एक कार्यक्रम राखिएको छ। धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भइरहेको उक्त कार्यक्रममा रेल विभागका उच्च अधिकारीहरुलाई कम्पनीले रेल हस्तान्तरण गर्ने छ।

बहुप्रतीक्षित रेल जनकपुर आएपछि नेपालको इनर्वादेखि जनकपुरको कुर्थासम्म हेर्ने स्थानीयको घुँइचो लागेको छ।

No description available.
रेल सञ्चालनलगतै व्यापार व्यवसाय फस्टाउने तथा भारत आवत जावतमा सहज हुने भएकाले स्थानीय हर्षित भएका छन्।

हस्तान्तरण भएपछि दुबै रेल सेट पुनः जयनगरस्थित आफ्नै स्टेसनमा लगेर सुरक्षित साथ राखिने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

जनकपुरमा राख्न सुरक्षित स्थान नभएकाले सञ्चालन नहुञ्जेलसम्म जयनगर स्टेसन नै पुर्याएर राखिने उनको भनाइ छ। दुईवर्षदेखि पटक–पटक केहिदिनमै सञ्चालन हुने अधिकारिक पक्षबाट भनिएपनि सञ्चालन नहुँदा स्थानीयहरु निराश भएका थिए। रेल सेट जनकपुर आइपुगेपछि अब चाँडै रेल सञ्चालन हुनेमा जनता विश्वस्त भएका छन्।

No description available.

कोरोना जोखिम नबढे अगामी दशैंसम्ममा रेल सञचालन गर्न तयारी रहेको नेपाल रेल कम्पनी लिमिटेडका महाप्रबन्धक गरु भट्टराईले बताए ।

पहिलो चरणमा भारतको यनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ। दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरको रेलवे लिक निर्माण तथा भौतिक संरचाना निर्माणको काम अन्तिम चरणमा छ।

No description available.

रेल संचालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरिसकेको छ। कर्मचारी भर्ना भए लगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने महानिर्देशक मिश्रले बताए।

रेल सञलनको लागि रेल्वे लिक निर्माण तथा आवश्यक भौतिक संरचनाको निर्माणका ठेक्का भारतीय इर्कन इन्टरनेसनल कम्पनीले लिएको छ। सम्झौता अनुसार जनकपुरदेखि भंगहासम्म सन् २०१६ मे सम्ममै रेल सेवा सञ्चालन गर्नुपर्ने थियो। तर, आन्तरिक तथा बाह्य कारणले चारवर्षपछि मात्र रेल सेवा सञ्चालन हुने देखिएको छ।

भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ। जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ।

No description available.

वि.स. १९९४ सालमा जनकपुर–जयनगर रेल सेवा शुरु भएको थियो। अंग्रेजहरुले नेपालबाट काठ ढुवानी गर्न भारतको जयनगरदेखि बिजलपुरासम्म रेल चलाएका थिए। पछि जनकपुर देखि जयनगरसम्म मात्र रेल्वे सेवा सिमित भयो। पूर्वी क्षेत्रमा जनताका लागि एक मात्र यातायातको साधनको रुपमा रहेको जनकपुर जयनगर रेल्वे सेवा झण्डै ७ वर्ष अघि बन्द भएको थियो।

ब्रोडगेज रेल सेवा २०७५ को मंसिरदेखि नै सञ्चालन गर्ने तयारी गरेपनि विभिन्न कारणले अहिलेसम्म सञ्चालन हुन सकेको छैन

प्रकाशित मिति २०७७ असोज २ गते शुक्रबार ०९:३७
प्रतिक्रिया दिनुहोस