कुलमानको कार्यकाल सकिएपछि कञ्चनपुरमा लोडसेडिङको सूचना

कुलमानको कार्यकाल सकिएपछि कञ्चनपुरमा लोडसेडिङको सूचना

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २ गते शुक्रबार ११:४७

कञ्चनपुर। चार वर्षे कार्यकाल पुरा गरी विदाई भएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठिरहेका बेला कञ्चनपुरको महेन्द्रनगर वितरण केन्द्रले भने विद्युत सेवा...

कञ्चनपुर। चार वर्षे कार्यकाल पुरा गरी विदाई भएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठिरहेका बेला कञ्चनपुरको महेन्द्रनगर वितरण केन्द्रले भने विद्युत सेवा अवरुद्ध (लोडसेडिङ) हुने सूचना सार्वजनिक गरेको छ।

गत २८ भदौमा ४ वर्षे कार्यकाल पुरा गरेका घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्ने भन्दै सार्वसाधारणबाट समाजिक सञ्जाल र सडकमै समेत चर्को आवाज उठिरहेका बेला कञ्चनपुरको महेन्द्रनगर वितरण केन्द्रले बुस कटिङको कार्य सञ्चालन हुने भन्दै विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने सूचना जारी गरेको हो।

महेन्द्रनगर वितरण केन्द्रले २ असोज देखि १३ असोज सम्म विभिन्न ५ फिडर अन्तरगतका सेवा अवरुद्ध हुने जानकारी गराएको हो। कुलमान घिसिङको कार्यकाल अन्त्य भएपछि यस्तै बाहाना बनाएर लोडसेडिङ पो हुने हो कि भन्ने सार्वसाधारणमा रहेको आसंकाबीच महेन्द्रनरग वितरण केन्द्रको यस्तो सूचना आएको हो।

No photo description available.

प्रकाशित मिति २०७७ असोज २ गते शुक्रबार ११:४७
प्रतिक्रिया दिनुहोस