बागमतीसहित पश्चिमका प्रदेशमा ठूलो वर्षाकाे सम्भावना, भोलि बिहानसम्म सतर्कता अवाश्यक : मौसमविद्

बागमतीसहित पश्चिमका प्रदेशमा ठूलो वर्षाकाे सम्भावना, भोलि बिहानसम्म सतर्कता अवाश्यक : मौसमविद्

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३ गते शनिवार ०२:३०

आज (शनिबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार बिहान ६ बजे प्रकाशन गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार प्रदेश ५ र गण्डकी प्रदेशका...

आज (शनिबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार बिहान ६ बजे प्रकाशन गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार प्रदेश ५ र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ भने बाँकी प्रदेशका पनि एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो (दिनमा) देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक(दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी महाशालाखाले भनेको छ-

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित मिति २०७७ असोज ३ गते शनिवार ०२:३०
प्रतिक्रिया दिनुहोस