आज बेलुकादेखि यूएईमा सुरु हुँदै आईपीएल, उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दै

आज बेलुकादेखि यूएईमा सुरु हुँदै आईपीएल, उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३ गते शनिवार ०२:१४

इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण आज (शनिबार) बाट संयुक्त अरब इमिरेन्ट्स (यूएइ)मा सुरु हुँदैछ। कोरोना भाइरसको महामारीको कारण आईपीएल यूएईमा हुन लागेको हो। लिगको उद्घाटन खेलमा गत संस्करणको विजेता मुम्बई इन्डियन्स र उपविजेता...

इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण आज (शनिबार) बाट संयुक्त अरब इमिरेन्ट्स (यूएइ)मा सुरु हुँदैछ।

कोरोना भाइरसको महामारीको कारण आईपीएल यूएईमा हुन लागेको हो। लिगको उद्घाटन खेलमा गत संस्करणको विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्स भिड्नेछन्।

खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबुधाबीमा हुनेछ। चेन्नई महेन्द्रसिंह धोनी र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ।

मुम्बईले गत संस्करण चेन्नईलाई एक रनले पराजित गर्दै चौथो पटक आईपीएलको उपाधि उचालेको थियो।

चेन्नईले तीन पटक यस उपाधि जितेको छ भने पाँच पटक फाइनलमा पराजित भएको छ। तीन पटक फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि जितेको थियो।

चेन्नईले सन् २०१०, २०११ र २०१८ मा उपाधि उचालेको छ। मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो। मुम्बईले रोहित र चेन्नईले धोनीको कप्तानीमा सबै उपाधि जितेका हुन्।

प्रकाशित मिति २०७७ असोज ३ गते शनिवार ०२:१४
प्रतिक्रिया दिनुहोस