दिल्ली क्यापिटल्सले आज आईपीएलमा पहिलो खेल खेल्दै, सन्दीप टोलीमा पर्लान्?

दिल्ली क्यापिटल्सले आज आईपीएलमा पहिलो खेल खेल्दै, सन्दीप टोलीमा पर्लान्?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ४ गते आईतबार ०७:५५

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार पहिलो खेल खेल्दै छ। लिगको दोस्रो खेलमा दिल्लीले किंग्स इलेभेन पञ्जाबसँग खेल्दै लिगको सुरुवात गर्नेछ। खेल नेपाली समयअनुसार...

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार पहिलो खेल खेल्दै छ।

लिगको दोस्रो खेलमा दिल्लीले किंग्स इलेभेन पञ्जाबसँग खेल्दै लिगको सुरुवात गर्नेछ। खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे दुबईमा हुनेछ।

पहिलो खेल खेल्न लागेका दुवै टोली जितको साथ सुरुवात गर्ने लक्ष्यमा छन्। दिल्ली युवा ब्याट्सम्यान श्रेयस ऐर र पञ्जाब लोकेश राहुलको कप्तानीमा उत्रिनेछन्। राहुलले आईपीएलमा पहिलो पटक कप्तानी गर्न लागेका हुन्।

भर्खरै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर यूएई पुगेका सन्दीपको तीनवटै कोरोना परीक्षण नेगेटिभ आएको छ। आजको खेलमा दिल्लीले तीव्र गतिका बलर खेलाएमा सन्दीप सुरुवाती ११ मा पर्ने सम्भावना कम छ।

दिल्लीले कागिसो रबाडाको साथ भारतीय ईशान्त शर्मा र मोहित शर्मामध्ये एकलाई मौका दिए सन्दीपलाई सहज हुनेछ। तर उत्कृष्ट प्रदर्शन गरेका कारण दिल्लीले आजको खेलमा सन्दीपलाइ खेलाउने सम्भावना पनि छ।

सीपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप उच्च मनोबलमा छन्। सीपीएलमा जमैका तलाबाजबाट उत्कृष्ट प्रदर्शन गरेका मुजिब र सन्दीप एक अर्काविरुद्ध मैदान उत्रिनेछन्।

प्रकाशित मिति २०७७ असोज ४ गते आईतबार ०७:५५
प्रतिक्रिया दिनुहोस