पर्वत । विश्वभर महामारीका रुपमा फैलियो कोरोना भाइरसका कारण जनजीवन प्रभावित छ । नेपालमा पनि कोरोना भाइरसका कारण जनजीवन कष्टकर बन्दै गएको छ भने शिक्षा क्षेत्रपनि नराम्रोसँग प्रभावित बनेको छ । बैशाखबाट शुरु हुनेपर्ने यो वर्षको शैक्षिक...
पर्वत । विश्वभर महामारीका रुपमा फैलियो कोरोना भाइरसका कारण जनजीवन प्रभावित छ । नेपालमा पनि कोरोना भाइरसका कारण जनजीवन कष्टकर बन्दै गएको छ भने शिक्षा क्षेत्रपनि नराम्रोसँग प्रभावित बनेको छ । बैशाखबाट शुरु हुनेपर्ने यो वर्षको शैक्षिक सत्र अझै शुरु हुन सकेको छैन । सरकारले पछिल्लो समय बैकल्पिक शिक्षाको नाममा दुरशिक्षा, अनलाइन शिक्षा, रेडियो वा टेलिभिजन शिक्षालाई अगाडी बढाउन भनेको छ तर यी शिक्षा कत्तिको प्रभावकारी हुन्छ भन्ने बहस चलिरहेको छ ।
विपदको शिक्षामा कसको भूमिका के भन्ने अहिले सवाल चलिरेको बेलामा पर्वतमा रहेको एनसिइ नेपाल र शिक्षक चौतारीले संयुक्तरुपमा अनलाइन बहस चलाइरहेका छन् । अहिले यी दुई संस्थाले अनलाइन बहसको १२ औं श्रृङखला पूरा गरिसकेको छ । बहसमा स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश र संघमा रहेका शिक्षा क्षेत्रमा काम गरेका व्यक्तिहरुलाई समावेश गरि बहस चलाइएको छ ।
१२ औं श्रृङखलामा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा,दिगो विकास विज्ञ तथा विज्ञ परामर्शदाता डा.योगेन्द्रराज रिजाल र एनसिइ नेपालकी वोर्ड सदस्य तथा सेभ द चिल्डेनकी डा.लक्ष्मी पौड्याल सहभागी थिए ।
अनलाइन बहस कार्यक्रममा नेपालको अहिलेको शिक्षाको अवस्था, भावी योजना वा कार्यदिशा, मार्ग तथा वर्तमान अवस्थाको समस्याको समधानका विषमा बहस चलेको थियो । बहसमा फलेवास नगरपालिकामा प्रमुख शर्माले फलेवास नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका नीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
अनलाइन शिक्षालाई अहिले राज्यले बैकल्पिक शिक्षाका रुपमा जोड दिए पनि ग्रामिण भेगमा त्यसको पहुँच अझै हुन नसकेका कारण अनलाइन शिक्षा बजारमुखी शिक्षा भएको उनले बताए । ग्रामिण भेगलाई लक्षित गरी प्रविधिको विकास र पहुँच गर्न सके मात्रै अनलाइन शिक्षाको प्रभावकारी बढ्ने उनले बताएका थिए ।
पूरा कार्यक्रम हेर्नको लागि तलको भिडियो हेर्नुहोला ।