कोरोना भाइरसबाट आज दुई जनाको मृत्यु पुष्टि (विवरणसहित)

कोरोना भाइरसबाट आज दुई जनाको मृत्यु पुष्टि (विवरणसहित)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ६ गते मङ्गलबार ११:३१

  काठमाडौं, ६ असोज । कोरोना भाइरसको संक्रमणबाट आज थप दुईजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा एक पुरुष र एक महिला छन् । आज समेत गरी देशमा कोरोना संक्रमणबाट कुल मृतकको संख्या ४ सय २९ पुगेको छ । कोरोनाबाट आज विगत डेढ महिनायता...

 

काठमाडौं, ६ असोज । कोरोना भाइरसको संक्रमणबाट आज थप दुईजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा एक पुरुष र एक महिला छन् ।

आज समेत गरी देशमा कोरोना संक्रमणबाट कुल मृतकको संख्या ४ सय २९ पुगेको छ । कोरोनाबाट आज विगत डेढ महिनायता एकै दिन सबैभन्दा कम मृतक थपिएका छन् ।

विगत केही समययता कोरोना भाइरसबाट नेपालमा मृतकको संख्या अत्याधिक भइरहँदा आज दुईजनामा झरेको हो । तथापि, संक्रमितको संख्या बढिरहेको छ ।

मृतकको विवरण
१. काठमाडौंका ५० वर्षीय पुरुष
२. काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला

प्रकाशित मिति २०७७ असोज ६ गते मङ्गलबार ११:३१
प्रतिक्रिया दिनुहोस