कुश्माको पहिचान बोकेको रिङरोडको विकास, उज्यालो सडक बनाउन सफल भयौं

कुश्माको पहिचान बोकेको रिङरोडको विकास, उज्यालो सडक बनाउन सफल भयौं

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १० गते शनिवार ११:२७

पर्वत । स्थानीय तहको निर्वाचन भएको झण्डै तीन वर्ष हुन लागि सक्यो । यो बेलासम्म स्थानीय तहले केके काम गरे ? के के काम गर्न बाँकी छन् र जनप्रतिधिहरुले चुनावको बेलामा गरेका प्रतिबद्धा केके पूरा गरे भन्नेबारेमा हामीले स्थानीय जनप्रतिनिधिसंग...

पर्वत । स्थानीय तहको निर्वाचन भएको झण्डै तीन वर्ष हुन लागि सक्यो । यो बेलासम्म स्थानीय तहले केके काम गरे ? के के काम गर्न बाँकी छन् र जनप्रतिधिहरुले चुनावको बेलामा गरेका प्रतिबद्धा केके पूरा गरे भन्नेबारेमा हामीले स्थानीय जनप्रतिनिधिसंग बुझ्ने प्रयास गरेका छौं ।
यसैबीच कुश्मा नगरपालिका ५ का वडा अध्यक्ष चित्रकला भारतीसँग अहिलेसम्म भएका र हुन बाँकी काम र योजनाबारे जानकारी लिने प्रयास गरेका छौं ।

कुश्मा बजारको लाइफलाइन अर्थात रिङरोडको विकासनै कुनपा ५ को मुख्य काम हो । वडागाउँ अस्पतालचोकदेखि लभ्लीहिल हुँदै बन्जीजम्प विस्तार भएको यो सडक कुश्मा नगरपालिकाको त्यो पनि कुश्मा बजारको लाइफलाइन सडकखण्ड हो । यो सडकको निर्माण सम्पन्न भए कुश्मा बजार रिङरोडभित्र पर्नेछ ।

कोरोनाका कारण तोकिएको समयमा कालोपत्रे हुन सकेन तर सडकको काम तीब्र रुपमा अगाडी बढेको छ । अबको महिना दिनमा कालोपत्रे सम्पन्न हुने विश्वास छ वडा अध्यक्ष चित्रकला भारतीयले बनिन् । अहिले काम भइरहेको छ । अबको केहि महिनामा चिल्लो सडक देख्न पाउनुहुनेछ उनले भनिन ।

कुश्मा बजारमै भएका कारण त्यहाँको ढल व्यवस्थापन, सडकको स्तरोन्नती, एकिकृत कर संकलनमा जोड दिएको ,शिक्षा, कृषि क्षेत्रमा पनि काम गरेको उनले बताइन ।

कुश्मा बजारलाई उज्यालो शहर बनाउनको लागि सोलार प्यानलसहितको लाइटको व्यवस्था गरेर वडालाई उज्यालो सडक वडा बनाउन सफल भएको उनले बताइन ।

उक्त वडामा के कति काम भए त्यसको बारेमा वडा अध्यक्षकै शब्दमा बुझ्नको लागि यो भिडियो हेर्नुहोस

 

 

प्रकाशित मिति २०७७ असोज १० गते शनिवार ११:२७
प्रतिक्रिया दिनुहोस