२० घण्टाको नवजात शिशुसहित गण्डकीमा थपिए ३३ कोरोना संक्रमित

२० घण्टाको नवजात शिशुसहित गण्डकीमा थपिए ३३ कोरोना संक्रमित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १४ गते बुधबार ०६:४३

गण्डकी प्रदेशमा २० घण्टाको नवजात शिशुसहित थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार मध्यान्हसम्म प्रदेशमा २० घण्टाका नवजात शिशुससिहत ३३ जनामा संक्रमण देखिएको हो। निर्देशनालयका...

गण्डकी प्रदेशमा २० घण्टाको नवजात शिशुसहित थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार मध्यान्हसम्म प्रदेशमा २० घण्टाका नवजात शिशुससिहत ३३ जनामा संक्रमण देखिएको हो।

निर्देशनालयका निर्देशक डा. विनोदिन्दु शर्माका आनुसार पोखरा महानगरपालिका वडा नम्बर ४ का ती शिशुलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको एनआईसीयूमा भर्ना गरिएको छ।

उनका अनुसार आज थपिएका संक्रमितमा नवलपरासी पूर्वका २८ जना, कास्कीका २० घण्टे बालाकसहित ४ जना र गोरखाका १ जना रहेका छन्।

संक्रमितहरुमध्ये पोखरा महानगरका ३ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको फिभर क्लिनिकबाट र अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। सक्रमित सबैलाई आइसोलेसनको व्यवस्था गर्ने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८६६ पुगेको छ।

प्रकाशित मिति २०७७ असोज १४ गते बुधबार ०६:४३
प्रतिक्रिया दिनुहोस