हिन्दुलाई गाली गरेर उछितो काट्दै, क्रिश्चियनको गुणगान गाउँदै बाबुराम, खुल्यो देशलाई जबरजस्ती धर्मनिरपेक्ष बनाउनुको रहस्य !

हिन्दुलाई गाली गरेर उछितो काट्दै, क्रिश्चियनको गुणगान गाउँदै बाबुराम, खुल्यो देशलाई जबरजस्ती धर्मनिरपेक्ष बनाउनुको रहस्य !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १५ गते बिहिबार ०३:०२

काठमाडौं । डाक्टर बाबुराम भट्टराई नेपाली राजनीतिमा विवादित पात्र हुन्। कहिले ‘भारतीय दलाल’ त कहिले ‘क्रिश्चियन दलाल’ भनेर चिनाइएका तथा आरोप खेप्दै आएका बाबुराम पछिल्लो समय नेपालको सनातन हिन्दु धर्मविरुद्ध लगातार प्रहार गरिरहेका...

काठमाडौं । डाक्टर बाबुराम भट्टराई नेपाली राजनीतिमा विवादित पात्र हुन्। कहिले ‘भारतीय दलाल’ त कहिले ‘क्रिश्चियन दलाल’ भनेर चिनाइएका तथा आरोप खेप्दै आएका बाबुराम पछिल्लो समय नेपालको सनातन हिन्दु धर्मविरुद्ध लगातार प्रहार गरिरहेका छन्। जनयुद्धमा ‘पूजारी मार्ने, संस्कृत बिद्यालय जलाउने, बाहुनको टुप्पी काट्ने, किरिया बसेकालाई कुट्ने, गाई काटेर खानुपर्छ भन्ने अभियान चलाएर आएका बाबुराम देशको पूर्वप्रधानमन्त्री हुन्।

देशको उच्च पदमा पुगिसकेको गरिमा र मर्यादालाई समेत कुल्चिँदै उनी खुलेयाम हिन्दु धर्मविरुद्ध धावा बोलिरहेका छ्न्। जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि बाबुरामहरुकै योजनामा जबरजस्ती देशलाई धर्मनिरपेक्ष बनाइयो। ९४ प्रतिशत हिन्दुको भावनालाई कुल्चिइयो। त्यतिबेला देशलाई धर्म निरपेक्ष बनाउनुको उद्देश्य अहिले विस्तारै खुल्दै, सतहमा देखिँदै गएको छ। आफूलाई परिवर्तनकारी भनेर चिनाउने बाबुराम हिन्दु धर्मका परम्परा र संस्कारमाथि नियमित धावा बोलिरहेका छन्। यो सिलसिलालाई उनले यसपालिको तीजमा पनि निरन्तरता दिए। आफै ब्राह्मण परिवारमा हुर्के पनि उनले शास्त्र, धर्म, कर्तव्य, ब्राह्मण लगायत समाजलाई ब्यालेन्समा राख्ने महत्वपूर्ण सबै भूमिकालाई तिरस्कार गर्दै आएका छन्।

राजनीतिज्ञ आफ्नो राजनीतिका लागि संस्कृतिमाथि हमला बोल्न थाले। तर उनीहरुलाई के थाहा देव शक्ति, संस्कृतिको महत्व। बाबुरामले यसपालि तीज र ऋषि पञ्चमीलाई विभेदकारी संस्कृति भनेका छन्। उनले ट्वीटरमा तीज-ऋषिपंचमीजस्ता पर्वको विभेदकारी/पश्चगामी भूमिकालाई समयानुकूल बदल्नुपर्ने भनेका छन्। ‘धर्मनिरपेक्ष देशको सरकार नै यस्ता चाडहरूमा मोह देखाइरहेको छ, किनभने नयाँ पुस्ताहरू विभेदकारी संस्कृतिको नशामा लठ्ठिँदा सत्तालाई शासन गर्न सजिलो हुन्छ,’ बाबुरामले नेपालीहरुको पुरानो संस्कृति र पर्व विभेदकारी भन्दै शासनसँग जोडेका छन्। हुनत यस्ता प्रतिक्रयाले बाबुराम आफै आलोचित छन्। ट्वीटरमा गालीको वर्षा भएको छ।

तीज-ऋषिपंचमी जस्ता पर्वको विभेदकारी/पश्चगामी भूमिका र तिनलाई समयानुकूल बदल्नेवारे शहीदपरिवारकी सदस्य@SirjanaDhakal4को गजबको लेख!-‘धर्मनिरपेक्ष देशको सरकार नै यस्ता चाडहरूमा मोह देखाइरहेको छ किनभने नयाँ पुस्ताहरू विभेदकारी संस्कृतिको नशामा लठ्ठिँदा सत्तालाई शासन गर्न सजिलो हुन्छ।’ https://t.co/KqFMaL9XeL

— Baburam Bhattarai (@brb1954) August 23, 2020

शोभा पौडेल जिसी लेख्छिन्, ‘धर्म संस्क्रितिमा भएका बिकृतिहरु समय संगै परिवर्तन हुँदै जान्छन्, बजार र पूँजीले मात्रै होइन शिक्षा र चेतनाको स्तरले पनि चाड पर्ब, रितिरिवाजमा परिमार्जन हुँदै जाने हो त्यो तिजमा मात्रै होइन इदमा पनि हुन्छ क्रिसमसमा पनि हुन्छ तर यिनिहरुले अरु धर्मका बारेमा लेखेको देख्नु भएको छ?’ नरेश पाण्डेले लेखेका छन्, ‘हिन्दूले पिपल, तुलसी लाई पुजा गर्दा अन्धा भक्त रे, तर क्रिस्चियनले प्लास्टिकको क्रिस्मस ट्री को पुजा गर्दा बिकास बादी। हिन्दूले सारी लागाउदा रुढिबादि रे, मुस्लिमले बुर्की/ हिजाब लगाउदा बिकाशबादी रे।

सबैका आ आफ्ना रिती परम्परा हुन्छन् महासय।’ मुकुन्द रेग्मी लेख्छन्, ‘बिस्वका बिकशित भनियेका मुलुकले आफ्नो देशको संस्कार, संस्कृति र धर्मलाइ सम्रक्षण गरेका छन र गर्छन अझ धर्मको मामलामा अझै बलियो छन भने बाबुराम जस्तो दुई पैसे हरिलठ्ठकले ज्ञन पेलिरहन आवस्यक छैन।बुर्जुवा शिक्षा भनेर जनताका छोराछोरी पढाउने शिक्षकको हत्या गरेर आफ्नु छोरिलाई phd गराउने। आफू पहिलै PHD गरेर ज्ञान पेल्ने? आफ्नु नातिनि जन्माउदा सामाजिक संजाल तताउनेले कुनै दिन सोचेउ कि भारतिय र पस्चिमाको घर ज्वाइ बसेर देशमा 17 हजार जनता मर्दा तिम्रि नातिनि जस्ता कति नजन्मिदै टुहुरा भये होलान भनेर? आतङ्कवादी लाई धर्मको मत्लब हुँदैन हुन्थियो त पहिलो कुरा भारत बसेर।’ कुसुम अधिकारीको प्रतिक्रिया छ, ‘हिन्दु धर्ममाथि जहिलेपनि आक्रमण गर्ने जहिले‌बिरोध गर्ने तुच्छ मानसिकताका राखेका डा बाबुराम भट्टराई किन दशैंमा पिताको हातको टिका तिहारमा दिदिको हातको टिका थाप्नु पर्यो ? धर्मको राजनीति छोडेर जनताको पक्षमा मुद्दा उठाउने गर्नोस् या त कुनै पनि हिन्दु चाडपर्व माथि बिरोध नगर्नोस्।’ यी त उदाहरण मात्रै हुन्। बहुसंख्यक जनताको सनातन धर्मलाई उपेक्षा गरेर अघि बढ्दा उनी सधै आलोचनाको तारो बन्ने गरेका छन्।

बाबुरामको क्रिश्चियन मोह आफ्नै पितालाई पण्डित नमान्ने, क्रान्तिकारी भन्ने र हिन्दु धर्मविरुद्ध धावा बोल्ने बाबुरामको गोरेहरुको क्रिश्चियन धर्मप्रति ठूलो लगाव पाइन्छ। उनी हिन्दुलाई विभेदकारी भन्छन् भने क्रिश्चियनलाई सबैभन्दा राम्रो सर्वश्रेष्ठ धर्म मान्छन्। क्रिश्चियन धर्मका पर्वमा शुभकामना दिन्छन भने हिन्दु धर्मका पर्वलाई बहिष्कार। के यहिँ हो धर्मनिरपेक्षताको अन्तिम लक्ष्य। आफ्नो पहिचान सनातन धर्म मेट्ने, गोरेहरुको धर्म, संस्कृति र पर्वलाई अंगाल्ने? यसपालि तीजमा बाबुरामले शुभकामना दिनुको साटो आलोचनात्मक विरोध गरिरहँदा गत वर्षको क्रिश्चियन धर्मको क्रिसमसमा पादरीलाई फुल दिएर सम्मान गरिरहेको तस्विर फेसबुकमा सार्वजनिक गरेका थिए। ‘आदरणीय गुरूआमा Eleanor Elkins (USA) लगायत नेपाल र विश्वभरका सबै क्रिश्चियन धर्मावलम्बीहरूमा क्रिसमसको हार्दिक शुभकामन।

सबै धर्म र संस्कृतिको सम्मान गरौं! सच्चा धर्मनिरपेक्षताको पालना गरौं,’ उनले भनेका थिए। उनले क्रिश्चियनकी पादरीलाई गुरुआमा भनेर लेखेका थिए। तर हिन्दु ब्राह्मणलाई तिरस्कार गर्दै हिँडेका छन्, विगतमा पनि टुप्पी काटेकै थिए। यसबाट उनको क्रिश्चियन मोह र धर्म निरपेक्षताको डिजाइन छर्लङ्ग छन्। उनको यो क्रिश्चियन मोह देखेर पत्रकार रमेश वाग्लेले लेखेका छन्, ‘ हिन्दुत्व अध्ययन गालीका लागि बुद्धत्व अध्ययन तालीका लागि मार्क्सवाद अध्ययन पद र प्रतिष्ठा क्रिश्चियन अध्ययन खल्तिका लागि केहीबार पछिको समय स्लामका लागि पनि। ९४ प्रतिशत सनातन हिन्दु धर्मावलम्बीको माझमा बसेर अल्पसंख्यक क्रिश्चियनको वकालत गर्ने बाबुरामलाई के सजायँ दिने जिम्मा जनताकै हातमा।

नेपालपाना

प्रकाशित मिति २०७७ असोज १५ गते बिहिबार ०३:०२
प्रतिक्रिया दिनुहोस