काठमाडौं । चीनका लागि नेपाली राजदुत महेन्द्र पाण्डेले कुटनीतिक मर्यादा नाघेपछी चौतर्फी आलोचना शुरु भएको छ ।
राजदुत पाण्डेले चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्समा पछिल्लो समय दिएको गैर कुटनीतिक अभिव्यक्तिको राजनीतिक र कुटनीतिक वृत्तमा चौतर्फी आलोचना भइरहेको छ । यसैमा नेपाली कांग्रेसका युवा नेता गगन थापा र नेपाल सरकारका पूर्व अर्थ सचिव रामेश्वर खनालले पनि समाजिक सञ्जाल मार्फत आलोचना गरेका छन् ।
थापाले समाजिक सञ्जाल मार्फत राजदुतको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो की होईन भनि परराष्ट्र मन्त्रालायलाई सोधेका छन्। कांग्रेस नेता थापाले चीनका लागि नेपाली राजदुतले ग्लोबल टाईम्समा दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरित भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई राजदुत पाण्डेको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो वा होईन भनेर सोधेका हुन्।
पाण्डेको अभिव्यक्ति सरकारको आधिकारीक धारणा होइन भने परराष्ट्र मन्त्रालयले आफ्नो धारणा स्पष्ट गर्न समेत थापाले माग गरेका छन्। उनले ट्वीट गर्दै ‘यतिखेर भारत-चीन,नेपाल-भारत र नेपाल-चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दै गएको छ । यो समयमा राजदुत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कुटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ।’ भनेका छन् ।
चीनका लागि नेपाली राजदुतले ग्लोबल टाईम्समा दिनुभएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरित छ।@PradeepgyawaliK ज्यू राजदुतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो?होईन भने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस्।https://t.co/URGIupyhUf
— Gagan Thapa (@thapagk) September 29, 2020
त्यस्तै, खनालले ट्वीट गर्दै राष्ट्र हाम्रै हो कि अर्काको हो भन्दे टिप्पनी गरेका छन् । उनले लेखेका छन् ‘लौ, राम्रै बोल्नु भा’रैछ राष्ट्रिय स्वार्थका लागि। राष्ट्र चाहीं हाम्रै हो कि अर्काको हो बुझ्न सकिएन, बरू।’
लौ, राम्रै बोल्नु भा’रैछ राष्ट्रिय स्वार्थका लागि। राष्ट्र चाहीं हाम्रै हो कि अर्काको हो बुझ्न सकिएन, बरू। https://t.co/qfhsvrKNPq
— Rameshore Khanal (@rameshore) September 30, 2020
प्रकाशित मिति २०७७ असोज १५ गते बिहिबार ०३:०५