पुरै मन्त्रिहरु लाई राजिनामा दिन लगाईने, अब यसरी हुदै छ मन्त्रिमण्डल पुनर्गठन !

पुरै मन्त्रिहरु लाई राजिनामा दिन लगाईने, अब यसरी हुदै छ मन्त्रिमण्डल पुनर्गठन !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १६ गते शुक्रबार ०२:००

काठमाण्डौ - सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पार्टी र सरकार सञ्चालनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीका...

काठमाण्डौ – सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पार्टी र सरकार सञ्चालनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएपछि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश, मन्त्रिमण्डल पुनर्गठन र देशभर बाढी पहिरोबाट भएको जनधनको क्षति, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

निर्वाचन हारेका गौतमलाई राष्ट्रिय सभामा गरिएको नियुक्तिविरुद्ध परेको रिटमाथि न्यायाधिश आनन्दमोहन भट्टराईको इजलाशले बुधबार त्यसबारे अन्तरिम आदेश गरेको हो । सर्वाेच्च अदालतले बुधबार गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्तिलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

साढे ११ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच पार्टी एकताका बाँकी काम सम्पन्ने गर्नेबारे पनि छलफल भएको छ । बुधबार दिनभर प्रचण्डले पार्टी एकताका बाँकी काम, संगठनसम्बन्धी विषयहरु, संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीहरुको अवस्था आदिबारे अध्ययन गरेको उनीनिकट स्रोतले बतायो ।

भेटर्वार्तामा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेर लामो कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । ‘उहाँहरुबीच मन्त्रिमण्डल पुनर्गठनमै केन्द्रित रहेर पहिलो पटक विस्तृत कुराकानी भएको हो,’ स्रोतले भन्यो, ‘के भयो भन्ने सबै जानकारी नभए पनि पुनर्गठनको विषय छिट्टै टुंगोमा पुग्ने सम्भावना देखिन्छ ।

प्रचण्डले अहिले भएका सबै मन्त्री हटाएर जानुपर्नेमा जोड दिएका छन्। त्यसो गर्दा सरकारमा आवश्यक पर्ने तथा कार्यसम्पादन राम्रो भएका र निरन्तरता दिनैपर्ने सिनियरहरुलाई पुनः ल्याउन सकिने प्रचण्डको प्रस्ताव रहेको नेताहरुको भनाइ छ। तर त्यसमा ओली सहमत नभएको स्रोतले बतायो।

प्रकाशित मिति २०७७ असोज १६ गते शुक्रबार ०२:००
प्रतिक्रिया दिनुहोस