महासचिवले नेताहरुलाई खबर नै नगरेपछि नेकपा सचिवालय बैठक स्थगित

महासचिवले नेताहरुलाई खबर नै नगरेपछि नेकपा सचिवालय बैठक स्थगित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १७ गते शनिवार ०८:२१

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ। आज (शनिबार) दिउँसो ४ बजेका लागि बोलाइएको बैठकबारे महासचिवले सचिवालय सदस्यहरूलाई खबर नै नगरेपछि बैठक रोकिएको एक सचिवालय सदस्यले जानकारी दिए। उनका...

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ।

आज (शनिबार) दिउँसो ४ बजेका लागि बोलाइएको बैठकबारे महासचिवले सचिवालय सदस्यहरूलाई खबर नै नगरेपछि बैठक रोकिएको एक सचिवालय सदस्यले जानकारी दिए। उनका अनुसार बैठक आइतबार ४ बजे बस्ने छ।

‘हिजो दुई अध्यक्षबीच भएको छलफलपछि आज शनिबार सचिवालय बैठक बस्ने सहमति भएको रहेछ’, नेपालखबरसँग ती सचिवालय सदस्यले भने, ‘महासचिवको कार्यालयबाट कसैलाई सूचना नगएपछि बैठक भोलि बस्ने गरी सूचना दिइएको छ।’

बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले एकलौटी रुपमा गरेको राजनीतिक नियुक्तिलगायत पार्टी एकताको बाकी काम सम्पन्न गर्ने विषयमा छलफल हुने उनले जानकारी दिए ।

प्रकाशित मिति २०७७ असोज १७ गते शनिवार ०८:२१
प्रतिक्रिया दिनुहोस