बालुवाटारमा मन्त्री बन्ने चर्चामा को को नेता छन !

बालुवाटारमा मन्त्री बन्ने चर्चामा को को नेता छन !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १८ गते आईतबार ०५:२५

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओली वाध्यात्मक हिसाबले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका ओली यसै विषयलाई लिएर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर...

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली वाध्यात्मक हिसाबले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका ओली यसै विषयलाई लिएर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफलमा छन् ।

नेकपाका यी दुई शीर्ष नेताबीच लामो समयको शितयुद्ध’ मन्त्रिपरिषद पुनर्गठनको मियोमा पुगेर मत्थर भएकाले पनि यतिखेर धेरैलाई चासो छ अब मन्त्री बन्ने को को हुन् |

आज पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भइरहेको छ। मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै सांसदहरु मन्त्री बन्नका लागि लबिङ गर्न थालेका छन्। नेकपाभित्र एक किसिमले राजनीतिक माहोल गर्माएको छ। नेताहरुको भागदौड पनि जारी छ।

बालुवाटार र खुमलटारमा सांसदहरुको दौडधुप बढ्नुले सम्भावनाका श्रृङ्खलाहरु बन्ने र भत्कनेक्रम जारी छ। मन्त्रिपरिषद् पुनर्गठन गर्दा कति मन्त्री हटाउने भन्ने टुंगो लागिसकेको छैन् । यतिखेर ३ वटा मन्त्रालय रिक्त छन् तर आकांक्षीहरु धेरै।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि अर्थ र सञ्चार तथा सूचना मन्त्रालय रिक्त छ। ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफू मातहत नै राखेका छन्।

त्यस्तै शहरी विकास मन्त्रालय रिक्त छ। शहरी विकासको जिम्मेवारी भौतिक पूर्वाधार र यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्दै आएका छन् । हाल १९ पूर्ण मन्त्रालयसहित ३ जना राज्यमन्त्री छन्। संविधानमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने व्यवस्था छ।

मन्त्री बन्न आकांक्षीहरुलाई मन्त्री बनाउने गरी ओलीले केही मन्त्रालय टुक्राउने तयारी पनि गरेको नेताहरु बताउँछन्।  ऊर्जा, जलस्रोत तथा सिँचाई उद्योग वाणिज्य तथा आपूर्तिलाई टुक्राएर ४ वटा मन्त्रालय बनाउने विषयमा पनि कुराकानी भएको एक नेताले जानकारी दिए।

प्रकाशित मिति २०७७ असोज १८ गते आईतबार ०५:२५
प्रतिक्रिया दिनुहोस