रोस्टमबाटै मन्त्रीको आदेश काँग्रेस सांसदलाई घिसारेर निकाल !

रोस्टमबाटै मन्त्रीको आदेश काँग्रेस सांसदलाई घिसारेर निकाल !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १९ गते सोमबार १२:४०

  काठमाडौं - प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् । प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली...

 

काठमाडौं – प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् ।

प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् ।

उनी बोल्ने क्रममा सत्तारुढ सांसदले प्रश्न सोध्न हात उठाइरहेका थिए भने विपक्षी कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका थिए । त्यस क्रममा मर्यादापालकहरु रोस्टममा मन्त्रीमाथि हुनसक्ने सम्भावित आक्रमण रोक्न बसेका थिए ।

तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका हुन् ।

केसीले आफूअघि उभिएका मर्यादापालकलाई हातले कोट्याउँदै नाराबाजी गर्ने सांसदलाई लक्षित गर्दै भने ‘घिसारेर निकालिहाल् ।’

प्रकाशित मिति २०७७ असोज १९ गते सोमबार १२:४०
प्रतिक्रिया दिनुहोस