नेकपा सचिवालय बैठक जारी, मन्त्रीको फाईनल लिस्ट तयार !

नेकपा सचिवालय बैठक जारी, मन्त्रीको फाईनल लिस्ट तयार !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २० गते मङ्गलबार ०४:०४

  काठमाडौँ – सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। यही असोज ६ गतेपछि पहिलोपटक सचिवालय बैठक बसेको हो। सचिवालय बैठकपछि मंगलबार नै प्रधानमन्त्री ओलीले रिक्त रहेको तीन मन्त्रालयमा मन्त्री...

 

काठमाडौँ – सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। यही असोज ६ गतेपछि पहिलोपटक सचिवालय बैठक बसेको हो।

सचिवालय बैठकपछि मंगलबार नै प्रधानमन्त्री ओलीले रिक्त रहेको तीन मन्त्रालयमा मन्त्री युक्त गर्ने चर्चासमेत भइरहेको छ। तर यसबारे औपचारिक रुपमा बालुवाटार र राष्ट्रपति कार्यालयले केही जनाएको छैन ।

मंगलबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको पार्टी एकताको बाँकी काम पूरा गर्ने कार्ययोजना पेश गर्ने, मन्त्रिपरिषद् पुनः गठनबारे छलफल हुने र पार्टीमा छलफलविनै अघिल्लो हप्ता सरकारले नियुक्त गरेका तीन राजदूतबारे छलफल हुने कार्यसूची छ ।

आजको बैठकमा मन्त्रिपरिषद् पुनः गठनको लागी मन्त्रालय र व्यक्तिको बिषयमा पनि छलफल गरिने भएको छ !

प्रकाशित मिति २०७७ असोज २० गते मङ्गलबार ०४:०४
प्रतिक्रिया दिनुहोस