बाउको हत्या गर्ने अपराधी छोरो पक्राउ

बाउको हत्या गर्ने अपराधी छोरो पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २१ गते बुधबार ०१:२३

गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन्। जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मंगलबार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयले इस्मा– १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई...

गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन्। जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मंगलबार साँझ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयले इस्मा– १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो। उनले गत आइतबार ६० वर्षीय बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो।

बुबाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए। अनीलले अपराध स्वीकार गरिसकेको बताइएको छ। अहिले उनी प्रहरी हिरासतमै रहेको र कानूनी प्रक्रिया पु¥याएर कारागार चलान गरिने पन्थले बताए। रासस

प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार ०१:२३
प्रतिक्रिया दिनुहोस