चीनमा भन्दा नेपालमा कोरोनाका सक्रिय संक्रमित धेरै, काठमाडौ हटस्पट

चीनमा भन्दा नेपालमा कोरोनाका सक्रिय संक्रमित धेरै, काठमाडौ हटस्पट

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २१ गते बुधबार ०१:२६

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ नाघेको हो। बुधबार स्वास्थ्य...

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ नाघेको हो।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबार देशभरकमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाने तथा निको हुनेको संख्या घटेका कारण सक्रिय संक्रमितको संख्या बढेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

दशैँ, तिहार लगायतका चाडबाड नजिकीयसँगै संक्रमितको संख्या बढ्दा पुनः लकडाउन हुने होकि भन्ने त्रास सबैतिर छाइरहेको छ।

प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार ०१:२६
प्रतिक्रिया दिनुहोस