कोरोना संक्रमणबाट आज मृत्यु भएका १५ जना को को (विवरणसहित)

कोरोना संक्रमणबाट आज मृत्यु भएका १५ जना को को (विवरणसहित)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २१ गते बुधबार ०१:५५

  काठमाडौं, २१ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज १५ जनाको मृत्यु भएको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ५ महिला र १० पुरुष छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ सय ७८ जनाको संक्रमणबाट मृत्यु भइसकेको...

 

काठमाडौं, २१ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज १५ जनाको मृत्यु भएको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ५ महिला र १० पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ सय ७८ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६१ प्रतिशत हो ।

आज मृत्यु हुनेहरुमा ९ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको विवरण
१. मोरङका ४० वर्षिय पुरुष
२.मोरङका ६० वर्षिय पुरुष
३.सिराहाका ५० वर्षीय महिला
४.रौतहटका ७२ वर्षीय महिला
५.काठमाडौंका ६४ वर्षीय पुरुष
६.काठमाडौंका ६९ वर्षीय पुरुष
७.काठमाडौंका ५३ वर्षीय पुरुष
८.काठमाडौंका ४५ वर्षीय पुरुष
९.काठमाडौंका ६६ वर्षीय महिला
१०.काठमाडौंका ७२ वर्षीय महिला
११.ललितपुरका ४६ वर्षीय पुरुष
१२.चितवनका ६१ वर्षीय पुरुष
१३.रुपन्देहीका ५५ वर्षीय पुरुष
१४.नवलपरासीका ७६ वर्षीय पुरुष
१५.दाङका ७१ वर्षीय महिला

प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार ०१:५५
प्रतिक्रिया दिनुहोस