पर्वत प्रहरीद्धारा जवरजस्ती करणी र वैंकिङ्ग कसुरका दुई फरार प्रतिवादी पक्राउ
पर्वत – जवरजस्ती करणी र बाल विवाह मुद्धाका प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ घाहाखेत बस्ने ३३ वर्षिय समबहादुर बि.क १२ वर्षपछि बुधवार पक्राउ परेका हुन् । जबरजस्ती करणी र बाल विवाह मुद्दामा पर्वत जिल्ला अदालतवाट २०६५ असार ३० को फैसलाबाट सात वर्ष कैद सजाय सुनाईएका उनि हालसम्म फरार रहेका थिए ।
अदालतको फैसला पछि कैद भुक्तान नगरी हाल सम्म फरार सुचीमा रहेकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वत तथा प्रहरी चौकी मिलनचोक पर्वतबाट खटीएको प्रहरी टोलीले आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा बुधवार दिउँसो पक्राउ गरेकोको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । विकलाई बुधवारै पर्वत जिल्ला अदालतमा बुझाई कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी बैंकिङ कसुरका फरार प्रतिवादी पनि पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्क बस्ने २७ वर्षिय लक्ष्मण शर्मालाई बुधवार उनकै घरवाट लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बैंकीङ कसूरमा मुद्दा दर्ता भई मिति २०७६ वैशाख ८ गते उच्च अदालत तुल्सीपुर वुटवलको फैसलाले ७ लाख ६२ हजार ,२२१ रुपैया जरिवाना ६ महिना कैद सजाय सुनाईएकोमा उनि हालसम्म फरार रहेका थिए ।
अदालतको फैसला पछि कैद भुक्तान नगरी हाल सम्म फरार सुचीमा रहेकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले पछिल्लो समय फरार अपराधिलाई पक्राउ गर्ने अभियानै थालेको छ । यस अघि विभिन्न मुद्धाका २० जना फरार अपराधी पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति २०७७ असोज २२ गते बिहिबार ०४:०२