कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने भएका छन्।
स्रोतका अनुसार अहिले २ बजे प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस हुन लागेको हो।
प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन्।
उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ १ बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन्।
३३ जना संसद रहेको प्रदेशमा १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता हुन लागेको हो ।
कर्णाली प्रदेशमा सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रैकै सांसदहरु सरकारको कामसँग असन्तुष्ट रहेका छन् ।
उनीहरुले अविश्वासको प्रस्ताव पार्टीका प्रमुख सचेतकलाई समेत बुझाइसकेका छन् ।
प्रकाशित मिति २०७७ असोज २५ गते आईतबार ०८:२०