पर्वत । हिमाल पारीको जिल्ला मुस्ताङबाट पर्वतमा भेडाच्याङ्ग्रा भित्रिएका छन् । कोरोना भाइरस प्रभावका कारण ढिलो र कममात्रामा भेडाच्याङ्ग्रा भित्रिएका हुन ।
कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण मुस्ताङ र चीनको नाका बन्द रहँदा...
पर्वत । हिमाल पारीको जिल्ला मुस्ताङबाट पर्वतमा भेडाच्याङ्ग्रा भित्रिएका छन् । कोरोना भाइरस प्रभावका कारण ढिलो र कममात्रामा भेडाच्याङ्ग्रा भित्रिएका हुन ।
कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण मुस्ताङ र चीनको नाका बन्द रहँदा चीनबाट च्याङ्ग्रा आयात भएका हुन ।
एउटा च्याङ्ग्राको मूल्य कम्तीमा पनि २६।२७ हजार रुपैयाँ खरिदमै परेको व्यापारीले बताएका छन् ।
‘मुस्ताङबाट हिँडाएको एउटा च्याङ्ग्रालाई कुश्मासम्म उतार्न करिब १२÷१५ हजार रुपैयाँ लाग्ने र यहाँका गोठालालाई दिनको १५ सय रुपैयाँ दिएर झार्न लगाउँदा पर्वतमा झरेका खसीको मुल्य ३५ हजार नाघेको व्यापारीले बताएका छन् ।
दशैँ आउन केही समय रहेको, तर डोल्पा तथा चीनबाट भेडाच्याङ्ग्रा नभित्रएका कारण मुल्य बढी भएको हो ।