दशैँ यथास्थानमा मनाउन सरकारकाे आह्वान, हवाइ यातायातमा खुकुलाे

दशैँ यथास्थानमा मनाउन सरकारकाे आह्वान, हवाइ यातायातमा खुकुलाे

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २६ गते सोमबार ०३:१९

सरकारले नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन आह्वान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। ‘दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,’ एक मन्त्रीले...

सरकारले नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन आह्वान गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

‘दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,’ एक मन्त्रीले भने।

सरकारले हवाइ सेवा र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्थालाई भने केहि खुकुलो बनाउने निर्णय गरेको छ।

एक मन्त्रीका अनुसार हवाइ सेवामा अहिले लागु गरिएकाे एकतर्फको सिटमा एक जना मात्रै यात्री रहने व्यवस्था हटाइएकाे हाे।

तोकिएका अन्य स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने ती मन्त्रीको भनाइ छ।

प्रकाशित मिति २०७७ असोज २६ गते सोमबार ०३:१९
प्रतिक्रिया दिनुहोस