पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २७ गते मङ्गलबार ०२:३२

  पर्वत, असोज २७ /पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएको हो । अध्यक्ष मल्लको पोखराको चरक...

 

पर्वत, असोज २७ /पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएको हो ।

अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भैरहेको छ । स्वास्थ्य अबस्थामा सामान्य रहेको बताइएको छ । नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका मल्लमा कोरोना पुष्टि भएपछि नेपाली कांग्रेसले पर्वतले बिज्ञप्ती प्रकाशित गरेर स्वास्थ्यलाभको कामना गरेको छ । जिल्ला सभापति खिमप्रसाद भुसालले कोरोना नियन्त्रणमा अहोरात्र खटिरहेको बेला संक्रमण पुष्टि भएको भन्दै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

जलजला गाउँपालिकामा शनिबार अध्यक्ष मल्ल सहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको समेत ४४ जनाको श्वाब संकलन गरिएको थियो । परिक्षणका क्रममा थप एक प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । उनी पनि बिदामा घर आएको बताइएको छ । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय २७ पुगेको छ ।\

http://newsdabali.com/wp-content/uploads/2020/10/

प्रकाशित मिति २०७७ असोज २७ गते मङ्गलबार ०२:३२
प्रतिक्रिया दिनुहोस