पर्वतका सात सडकको डिपीआर बनाउन शुरु, १०५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य

पर्वतका सात सडकको डिपीआर बनाउन शुरु, १०५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २७ गते मङ्गलबार ०२:३३

  पर्वतको कुस्मा नगरपालिकामा पर्ने दोबिल्ला–पकुवा–गगटे–आर्थर सडकको डिपीआर बनाउने क्रममा कन्सल्टेन्सीका प्राबिधीक सहित कुस्मा नगरपालिका ११ का वडा अध्यक्ष शिब पौडेल पर्वत, असोज २७ / ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि)...

 

पर्वतको कुस्मा नगरपालिकामा पर्ने दोबिल्ला–पकुवा–गगटे–आर्थर सडकको डिपीआर बनाउने क्रममा कन्सल्टेन्सीका प्राबिधीक सहित कुस्मा नगरपालिका ११ का वडा अध्यक्ष शिब पौडेल

पर्वत, असोज २७ / ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम मार्फत कालोपत्रे गरिने पर्वतका ७ वटा ग्रामिण सडकको बिस्तृत आयोजना प्रतिवेदन(डिपीआर)बनाउन शुरु गरिएको छ ।

ग्रामिण सडक सञ्जाल सुधार आयोजना समन्वय इकाइले पर्वतका सात सडक कालोपत्रे गर्नका लागि डिपीआर बनाउने काम थालेको हो । यी सात वटा सडकमा १ सय ५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ ।

एसियाली बिकास बैंकको सहयोगमा सात वटा सडकमा १ सय ५ किलोमिटर कालोपत्रे गर्नका लागि डिपीआर बनाउन कन्सल्टेन्ट गाउँगाउँमा पुगेका छन । पर्वतका जलजला गाउँपालिकामा मिलनचोक –रातामाटा– सालिजा सडकको कुल १८ किलोमिटर , मोदी गाउँपालिकामा पातिचौर–बाजुङ्ग–क्याङ–नागी सडकको १८ किलोमिटर, रतिखोला–चित्रे–राम्जा– गोतामेथर सडकको कुल १९ किलोमिटर सडकको डिपीआर बनाउन थालिएको छ ।

यस्तै कुस्मा नगरपालिकाको दोबिल्ला–पकुवा–गंगटे–आर्थर सडकको कुल १५ किलोमिटर सडक तथा पैंयु गाउँपालिकाको त्रिवेणी–टकलाक–सिगरकोस सडकको १५ किलोमिटर पनि डिपीआर बनाउन थालिएको छ भने फलेबास नगरपालिकामा जैमुनिघाट–खानिगाउँ–खलडाँडाँ हुँदै कार्कीनेटा सडकको कुल १५ किलोमिटर, देवीस्थान (ओखले)–लमाए–लिमिठाना –ठानामौला–बेतनी–थापाठाना सडकको १५ किलोमिटरको डिपीआर बनाउने शुरु भएको छ ।

ग्रामिण सडक सञ्जाल सुधार आयोजनाले दिएको जानकारी अनुसार सडकको बिस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न एक बर्ष लाग्ने अनुमान गरिएपछि कोरोनाका कारण एक बर्ष पछि सरेको छ । दातृ निकाय एसियाली बिकास बैंक संग सम्झौता भएपछि सन २०२१ देखि कालोपत्रेको काम थाल्ने योजना भएपनि डिपीआर सक्न नै लामो समय लाग्ने देखिएको छ ।

नेपाल सरकार र एडिबीको संयुक्त कार्यक्रम अन्र्तगत दोस्रो चरणमा पर्वतका ७ वटा सडक सहित देशभर २ हजार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । आरसिआइपी कार्यक्रम मुलुकभरका १६ जिल्लामा लागु भएको छ । अहिले दोस्रो चरणको कार्यक्रमका लागि तयारी स्वरुप योजना छनौट भएको हो ।

प्रकाशित मिति २०७७ असोज २७ गते मङ्गलबार ०२:३३
प्रतिक्रिया दिनुहोस