पर्वत, असोज २७ / पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ ।
अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बिज्ञप्ती प्रकाशित गर्दै कन्ट्रयाक्ट ट्रेङको रिजल्ट नआए सम्मका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।
बिज्ञप्तीमा पालिकाका जनप्रतिनिधी, कर्मचारी, तथा सम्पर्कमा आएका सबैलाई सुरक्षित रुपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गर्नुभएको छ । अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधी, कर्मचारी, अन्य ब्यक्तिको परिक्षण गरिने भएको छ ।

प्रकाशित मिति २०७७ असोज २७ गते मङ्गलबार ०२:३५