काठमाडौँ – राजधानी विवादले चर्चामा आएको प्रदेश ५ लुम्बिनी पछि कर्णाली प्रदेश अहिले चर्चामा छ। भौगोलिक हिसाबले नजिकैका प्रदेश हुन यी दुई। राजनीतिक हिसाबले भने एकै पार्टीका दुई फरक गुटका नेताले प्रदेशको नेतृत्व गर्छन्। पूर्व माओवादीका महेन्द्रबहादुर शाहीले कर्णाली हाकिरहँदा पूर्व एमालेका ओली निकट नेता शंकर पोखरेल लुम्बिनीको नेतृत्वमा छन्।
लुम्बिनी प्रदेशको राजधानीका लागि केन्द्रमा भएजस्तो सल्लाह कर्णाली प्रदेशका लागि भने हुन सकेन। नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई राख्ने र हटाउने संसदीय अंकगणितको रणनीतिमा छन्।
मुख्यमन्त्री शाहीलाई हटाएर बहुमतको बल देखाइदिनेमा ओली छन् । पूर्व एमालेलाई एक ढिक्कामा राखेर शाहीलाई हटाएर पार्टीमा आफू बलियो भएको प्रमाण देखिने ओलीको बुझाइ छ।
केपी ओलीले राजनीतिक दल सम्बन्धी वैशाख ८ मा अध्यादेश ल्याएपछि ६ महिनासम्मको विवाद उनकै पद वरिपरि थियो। बहुमतको बल देखाउने रणनीतिमा थिए प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल। तर बहुमतबाट हटाउँदा पार्टी फुटाउने ओलीको धम्कीले लेनदेनबाट सहमति गर्न पुग्यो प्रचण्ड-नेपाल समूह।
केन्द्रको यस्तो रस्साकस्सी भन्दा प्रदेशमा फरक छ। ठिक उल्टो रणनीतिमा छन् यी दुई नेता । ओली बहुमतबाट हटाउने रणनीतिमा पुग्दा प्रचण्ड ओलीलाई बहुमत प्रयोग गरे ठिक नहुने भन्दै चेतावनी दिइरहेका छन्।
सोमबार बिहान प्रचण्डले ओलीलाई भेटेर मुख्यमन्त्री शाहीलाई नहटाउन ओलीलाई आग्रह गरेको ओली निकट एक नेताले बताए। नेकपा संसदीय दलका उपनेता तथा ओली निकट मानिने नेता सुवास नेम्वाङले संघको विवाद मिले जसरी नै कर्णालीको विवाद पनि दुई अध्यक्षको
प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ०३:४६