आगामी तीन दिन यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आगामी तीन दिन यी प्रदेशमा हल्का वर्षाको सम्भावना

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २९ गते बिहिबार ०२:३८

आज (बिहीबार) देखि पर्सि (शनिबार) सम्मको मौसम अनुमानअनुसार देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाडीमा बनेर तेलांगना माथि रहेको शक्तिशाली निम्न चापीय...

आज (बिहीबार) देखि पर्सि (शनिबार) सम्मको मौसम अनुमानअनुसार देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बंगालको खाडीमा बनेर तेलांगना माथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागरतिर सर्ने क्रममा छ।

हाल नेपालका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेकाे माैसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २९ गते (बिहीबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज ३० गते (शुक्रबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती :  प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक १ गते (शनिबार)

दिउँसो : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति २०७७ असोज २९ गते बिहिबार ०२:३८
प्रतिक्रिया दिनुहोस