बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २९ गते बिहिबार १०:०३

ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि ग्राहकले नै खुकुरी प्रहार गरेका छन्। बुधबार दिउँसो काठमाडौँको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर गुरुङमाथि एक ग्राहकले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्हारबाट...

ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि ग्राहकले नै खुकुरी प्रहार गरेका छन्।

बुधबार दिउँसो काठमाडौँको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर गुरुङमाथि एक ग्राहकले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्हारबाट गुरुङ घाइते भएका छन्।

बैंकमा भिडभाड भएपछि सुरक्षा गार्डले लाइन मिलाउने क्रममा विवाद भएको थियो। त्यसक्रममा एक ग्राहकले सुरक्षा गार्डको खुकुरी निकालेर उनैलाई खुकुरी प्रहार गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।

खुकुरी प्रहार गर्ने व्यक्तिको प्रहरीले पहिचान गरिसकेको छ।

खुकुरी प्रहारबाट घाइते सुरक्षा गार्डको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको हातमा चोट लागेको छ।

प्रकाशित मिति २०७७ असोज २९ गते बिहिबार १०:०३
प्रतिक्रिया दिनुहोस