पर्वत जेसीज सप्ताहमा सक्रिय युवामा कोरोना संक्रमण, कुश्मामा खैलाबैला

पर्वत जेसीज सप्ताहमा सक्रिय युवामा कोरोना संक्रमण, कुश्मामा खैलाबैला

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २९ गते बिहिबार ०२:४३

  पर्वतको कुस्माबजारमा ब्यबसाय गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ३५ बर्षिय ती युबामा संक्रमण पुष्टि भएको हो । ती युबामा लक्षण सहितको कोरोना देखिएको छ । कुनै ट्राभल...

 

पर्वतको कुस्माबजारमा ब्यबसाय गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ३५ बर्षिय ती युबामा संक्रमण पुष्टि भएको हो ।

ती युबामा लक्षण सहितको कोरोना देखिएको छ । कुनै ट्राभल हिस्ट्री नभएका युबालाई संक्रमण देखिएपछि कुस्माबजारमा समुदायमा नै संक्रमण फैलिएको देखिएको छ ।

सोमबार कुस्मामा बिभिन्न क्षेत्रका २५ जनाको स्वाब संकलन गरिएको थियो । जेसिज सप्ताहका लागि सक्रिय भएका ती युबामा संक्रमण देखिएपछि सप्ताहका बाँकी कार्यक्रम समेत स्थगित भएका छन ।

पर्वतमा संक्रमितको संख्या १ सय १८ पुगेको छ । मंगलबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति २०७७ असोज २९ गते बिहिबार ०२:४३
प्रतिक्रिया दिनुहोस