महेन्द्र केसी/पर्वत । विश्वकै दोस्रो अग्लो बन्जी जम्प सर्वसाधरणको लागि खुला गरिएको छ । वैशाखबाट संचालनमा ल्याउने भनिएपनि कोरोना प्रकोपका कारण रोकिएको बन्जीजम्प लकडाउन खुलेसँगै सर्वसाधरणलाई अवलोकनको लागि खुला गरिएको हो ।
करिब...

करिब २० करोड रुपैयाँ लगानीमा बन्जीसहित साहसिक पर्यटन सुरु भएको हो । २०७२ जेठदेखि निर्माण थालिएको थियो । निजी क्षेत्रका प्रतिष्ठित व्यवसायी तथा उद्यमीको सहकार्यमा बन्जीको निर्माण सम्पन्न भएको हो । कालीगण्डकी नदीको खोँचमा निर्माणाधीन यो बन्जी पुलको लम्बाइ ५ सय २५ मिटर र उचाइ २ सय २८ मिटर रहेको छ । बन्जीसँगै स्विङ, साइक्लिङलगायत अन्य साहसिक खेल समेतको सफल परीक्षण भइसकेका छन् ।
अहिलेसम्म २ सयभन्दा बढीले बन्जी गरिसकेका छन् भने गुलेली पिङ खेल्नेहरुको भीड लाग्न थालेको छ । पर्वत, बागलुङ, म्याग्दी र कास्कीबाट अहिले बन्जी अवलोकनको लागि आउने गरेको संचालक राजनकुमार जोशीले बताए ।
द क्लिफ प्रालिबाट संचालित बन्जी अवलोकन गर्नको लागि प्रतिव्यक्ति १२० को टिकट निर्धारण गरिएको छ लकडाउन खुलेसँगै अवलोकन गर्न आउनको संख्या बढ्ने अपेक्षा कम्पनीले गरेको छ ।