पर्वतको कुश्मा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले नगरपालिकाकाले उपलब्ध गराएको चाडपर्व खर्चको रकम कोरोना कोषमा जम्मा गरेका छन ।
वडा अध्यक्ष पौडेलले नगरपालिकालाई पत्र पठाएर चाडपर्व खर्च शिर्षकको रकम फिर्ता गरि कुश्मा नगरपालिकाको कोरोना कोषमा जम्मा गर्न अनुरोध गरेका हुन ।
कुस्मा नगरपालिकाले वडा अध्यक्षलाई चाडपर्व खर्च शीर्षकमा २५ हजार रकम उपलब्ध गराएको थियो । वडा अध्यक्ष पौडेलले प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाई उक्त रकम कोषमा जम्मा गर्न अनुरोध गरेको बताउनुभयो । ‘यो. कोरोना महामारीको बेला नगरपालिकाबाट चाडपर्व खर्च बुझेर रमाईलो गर्नुभन्दा संक्रमितको उपचार र कोरोना संग लड्न नगरपालिकाले गर्ने कार्यक्रमलाई सहयोग पुगेस भनेर फिर्ता गरेको हुँ’ अध्यक्ष पौडेलले भन्नुभयो ।

यो बाहेक पनि वडा अध्यक्ष पौडेलको कार्यकालमा कुस्मा ७ मा नमुना काम समेत भएका छन । कुस्माबजारका छाडा पशुचौपाय ब्यबस्थापन गर्न गौशाला निर्माण गरिएको छ भने वडा नं ७ मै रहेको गोदामचौर खेलमैदानलाई चक्लाबन्दी गर्दै सार्वजनिक ब्ययमशाला निर्माण गरिएको छ । वडाभरीका महिलालाई संगठित गरेर सहनशील बहुउद्देश्यीयस सहकारी संस्था गठन गरेर आर्यआर्जनका क्रियाकलाप गरिएको छ भने कुस्मा सामुदायिक होमस्टे निर्माण गरि सञ्चालनमा ल्याइएको छ ।
कोरोना कहरका बिचमा पाहुना नआएपनि झिलीङ्ग बनाएर बिक्री गर्ने काम भैरहेको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसै गरि वडामा कृषक समुह बनाउने र ३ ठाउँमा वडा नर्सरी केन्द्र पनि सञ्चालन गरिएको छ । पडामा रहेका दुई वटा सामुदायिक बिद्यालयलाई प्रबिधीमैत्री बनाइएको छ ।
जेष्ठ नागरिक स्वास्थ्य उपचार परामर्श केन्द्रको भवन निर्माणको चरणमा छ । आधारभूत स्वास्थ्य केन्द्र स्थापना र सडक किनारमा पारिजात , धपुी लगायतका रुख रोपेर सडकको नामाकरण र चोकको नामकरण गरिएको छ । वडाको बजेटबाट आचार्य टोल, खरेहा पुरानोबाटोमा १ किलोमिटर भन्दा बढी कालोपत्रे तथा ढलान गरेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति २०७७ कार्तिक ४ गते मङ्गलबार ०३:४८