कोरोना कहर : सुनसान बागलुङकाे कालिका मन्दिर

कोरोना कहर : सुनसान बागलुङकाे कालिका मन्दिर

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ५ गते बुधबार ०४:३४

विगतका दिनहरुमा दसैँको नवदुर्गा सुरु भएसँगै नेपालकै ऐतिहासिक प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको बागलुङकाे कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्थ्यो । देशका विभिन्न स्थानबाट मन्दिर दर्शनका लागि हजारौंको संख्यामा...

विगतका दिनहरुमा दसैँको नवदुर्गा सुरु भएसँगै नेपालकै ऐतिहासिक प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको बागलुङकाे कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्थ्यो । देशका विभिन्न स्थानबाट मन्दिर दर्शनका लागि हजारौंको संख्यामा दर्शनार्थीहरु आउने गर्दथे । तर, यसवर्ष कोरोना कहरका कारण यतिबेला बागलुङ कालिका मन्दिर परिसर सुनसान छ ।

गृह मन्त्रालले दसैँंको बेला  देशभरका मठमन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले पनि सोही निर्देशन बमोजिम जिल्लाका सबै शक्तिपिठमा भक्तजनका लागि निषेधाज्ञा जारी गरेको छ । निशेषाज्ञा जारी गएपछि घटस्थापनाको दिनदेखि नै बागलुङ कालिका मन्दिर सुनसान भएको हो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम झनै बढेको भन्दै प्रशासनले गत शनिबार देखी अष्टमीको रातीसम्मका लागि मठमन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा लगाएको छ । कालिका भगवती मन्दिरमा पनि निषेधाज्ञा भएका कारण सर्वसाधारण गेटबाहिरबाटै दर्शन गरेर फर्कन बाध्य भएका छन् ।

लकडाउनकै क्रममा पनि मन्दिरको नियमित पुजापाठ भने भएको थियो । लकडाउन खुकुलो भएपछि मन्दिर व्यवस्थापन समितिले नवदुर्गाका लागि भनी मन्दिर परिसर सरसफाई गर्नुका साथै भौतिक दुरी कायम गरी पुजाका लागि व्यवस्थापको पनि तयारी गरेको थियो ।
‘पहिले सरकारले कात्तिक १ गतेदेखि बन्द रहेका मठमन्दिर खुल्ने भनेपछि हामी सवै तयारी गर्‍यौं कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भने, तर पछि गृह मन्त्रालयको पुनः अर्को निर्देशन आयो । अहिले मन्दिरमा निषेधाज्ञा छ, मन्दिर सुनसान  छ । बजार, यातायात क्षेत्र र हवाई उडान पनि खुलेको बेला मन्दिरमा पनि स्वास्थ्यका मापदण्ड अपनाएर सर्वसाधारणलाई खुल्ला गरेको भए राम्रो हुने थियो ।’

वडा दसैँ र चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन आउने गर्छन् । यो समयमा ६ लाख भन्दा बढि दर्शनाथीले दर्शन गर्ने गरेको अध्यक्ष खड्काले बताए ।

प्रकाशित मिति २०७७ कार्तिक ५ गते बुधबार ०४:३४
प्रतिक्रिया दिनुहोस