पर्वतको पैंयुँमा स्वास्थ्यका कर्मचारी सहित दुई जना संक्रमित भेटिए

पर्वतको पैंयुँमा  स्वास्थ्यका कर्मचारी सहित दुई जना संक्रमित भेटिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ५ गते बुधबार ०१:४९

  पर्वत, कार्तिक ५ पर्वतको पैंयु गाउँपालिकामा स्वास्थ्यका कर्मचारी सहित दुई जना संक्रमित थपिएका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप भएका संक्रमित मध्ये पैंयु...

 

पर्वत, कार्तिक ५ पर्वतको पैंयु गाउँपालिकामा स्वास्थ्यका कर्मचारी सहित दुई जना संक्रमित थपिएका छन ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप भएका संक्रमित मध्ये पैंयु गाउँपालिकाको एक स्वास्थ्यचौकीमा कार्यरत २२ बर्षिया महिला कर्मचारी र पैयु ५ का २८ बर्षिय युवा छन ।

उनीहरु कन्ट्रयाक्ट ट्रेसिङका क्रममा संक्रमित भेटिएको पैंयु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

पोखरामा उपचारका लागि एक जना बृद्धमा केही दिन पहिले कोरोना पुष्टि भएको थियो । बिरामीको सम्पर्कमा रहेका र अन्य ब्यक्ति सहित २५ जनाको श्वाब परिक्षणका लागि पठाइएको थियो ।

 

दुबै जनालाई कुस्मा स्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा पठाइएको छ भने संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिको स्वाब समेत संकलन गर्न थालिएको छ ।

प्रकाशित मिति २०७७ कार्तिक ५ गते बुधबार ०१:४९
प्रतिक्रिया दिनुहोस