बंगाल खाडीको न्यून चापीय क्षेत्र बंगालदेश आइपुग्यो, नेपालकाे माैसममा कस्तो प्रभाव पर्ला?

बंगाल खाडीको न्यून चापीय क्षेत्र बंगालदेश आइपुग्यो, नेपालकाे माैसममा कस्तो प्रभाव पर्ला?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ८ गते शनिवार ०१:५८

मनसुन बाहिरिएयता कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको नेपालमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बंगालको खाडीमा रहेको...

मनसुन बाहिरिएयता कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको नेपालमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा बंगलादेश आइपुगेको हो। यसैको प्रभाव नेपालमा पर्न थालेको हो।

‘तर त्यो त्यस्तो पानी पार्ने प्रणाली होइन,’ शनिबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘नेपालमा मौसम आंशिक बदली मात्र गराउने हो।’

मौसमविद् कँडेलका अनुसार यसको प्रभाव खासगरी प्रदेश १ र योसँग जोडिएका प्रदेश २ र बागमती प्रदेशका पूर्वी क्षेत्रमा पर्ने देखिन्छ। देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा भएर घाम लाग्ने अनुमान गरिएको छ।

‘प्रदेश १ र गण्डकीका एक दुई स्थानमा भने आज हल्का क्षणिक वर्षा हुने पनि सम्भावना छ,’ उनले भनिन्।

माैसम पूर्वानुमान महाशाखाले शनिरबा बिहान ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०८ गते (शनिबार)

दिउँसो : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ मा सामान्य बदली तथा बागमती  प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०९ गते (आइतबार)

दिउँसो : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको म्भावना छ।

राती : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक १०गते(सोमबार)

दिउँसो : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति २०७७ कार्तिक ८ गते शनिवार ०१:५८
प्रतिक्रिया दिनुहोस