नयाँ फिचर सहित मोजिला फायरफक्स ब्राउजरको नयाँ भर्सन सार्वजनिक

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ८ गते शनिवार ०१:५७

  मोजिला फायरफक्स वेब ब्राउजरको नयाँ भर्सन ८२ सार्वजनिक भएको छ । यो भर्सन सँगै फायरफक्स ८२ ले भिडियो प्ले गर्नलाई कम पावरको खपत गर्ने गर्ने जनाइएको छ । यसले गर्दा ल्याप्टपको ब्याट्री लाइफ पनि सुरक्षित हुनेछ । मोजिलाको अनुसार...

 

मोजिला फायरफक्स वेब ब्राउजरको नयाँ भर्सन ८२ सार्वजनिक भएको छ । यो भर्सन सँगै फायरफक्स ८२ ले भिडियो प्ले गर्नलाई कम पावरको खपत गर्ने गर्ने जनाइएको छ ।

यसले गर्दा ल्याप्टपको ब्याट्री लाइफ पनि सुरक्षित हुनेछ । मोजिलाको अनुसार फ्लेक्सबक्स लेआउट प्रयोग गर्न जुनपनि वेबसाइट २० प्रतिशतले चाँडो चल्ने गर्दछ । यसले फायरफक्स ८२ को सेसनलाई पनि १७ प्रतिशतले छिटो रिस्टोर गर्ने गर्दछ ।

त्यसैगरी विन्डोज प्रयोगकर्ताहरुले पनि फायरफक्स १० प्रतिशतले छिटो खुलेको पाउन सक्छन् । भिडियो प्लेब्याकको क्षेत्रमा पनि मोजिलाले केही प्रगतिहरु गरेको छ ।

 

पिक्चर इन पिक्चर फिचर मोडमा पनि केही परिवर्तन ल्याइएको छ । यसले सीपीयू र जीपीयूको एकदमै धेरै प्रयोग गर्ने गर्दछ ।
फायरफक्स प्रयोगकर्ताहरुको लागि यो नयाँ अपडेट आफै नै हुनेछ । यदि त्सस्तो नभएमा हेल्प

मा गएर अबाउट फायरफक्समा जाने र त्यसपछि अपडेट मेन्यूमा क्लिक गरी नयाँ ब्राउजर डाउनलोड गर्न सकिने छ ।

प्रकाशित मिति २०७७ कार्तिक ८ गते शनिवार ०१:५७
प्रतिक्रिया दिनुहोस