पर्बतमा जन्मेर बिश्वका बिभिन्न देशमा बसोबास गर्ने पर्बतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्बत समाजले आफ्नो पाचौ अधिबेशन फलेवास नगरपालिका देबिस्थानमा गर्ने निर्णय गरेको छ।
८ अक्टोबर २०२५, तदनुसार असोज २४ गते २०८२ बुधवारको दिन सस्थाको पाचौ अधिबेशनको मिति तय गरिएको जानकारी सस्थाका अध्यक्ष गुणराज शर्माले गराउनु भयो।
सस्थांले प्रबासमा रहने जिल्लाबासीलाई आफ्नो मातृभूमिसंग जोडिएर रहन सदैब प्रेरित गर्दै आएको छ। सस्थांको यहि उद्देस्य अनुरुप हरेक दुई बर्षमा हुने सस्थांले आफ्नो अधिबेशन पर्बतमा गर्दै आएकोमा यस अधिबेशनमा पनि उल्लेख्य संख्यामा प्रबासमा रहेका पर्बतेलीहरुको उपस्थिति रहने शर्माले बताउनु भयो।
फलेवास नगरपालिकासंग समन्वय गरि आयोजना गर्न लागिएको यस अधिबेशनमा प्रबासीहरुका साथै जिल्लाका सरोकारवाला व्यक्ति र संस्थाको उपस्थिति रहने गरि तयारि गरिएको समाजका नेपाल प्रतिनिधि मुना भुसालले बताउनु भयो।
सस्थांले पर्बत जिल्लामा बिशेस गरि स्वास्थ्य क्षेत्रमा कोरोनाकालमा समयमा स्वास्थ्य सामग्री वितरण,स्वास्थ्य शिबिर,एम्बुलेन्स हस्तान्तरण गर्दै आएको छ। शिक्षा क्षेत्रम स्मार्ट टी भी,शैक्षिक सामग्री वितरण गरेको छ। प्राकृतिक प्रकोपबाट घरबार बिहिन भएकालाइ घर निर्माण तथा बिरामीहरुलाई आर्थिक सहयोग गरेको छ। समान उद्देस्यका सस्थां संग सहकार्य गर्दै आएको यस सस्थांले “समाजसंग सस्थां कार्यक्रम” अन्तर्गत सस्थांले पर्बत अस्पतालमा ३५ लाख नेपाली रुपियाँ बराबरको सौन्दर्यिकरण परियोजनामा सम्पन्न गरि हस्तान्तरणको चरणमा रहेको जानकारी अध्यक्ष शर्मा दिनुभयो।
सामाजिक संस्थाको विशेष पर्ब मानिने अधिबेशन आफ्नो नगरपालिकामा गर्न पाउनु गर्वको कुरा रहेको हुदाँ पालिकाको तर्फबाट सम्पूर्ण साथ् र सहयोग रहने मेयर गंगाधर तिवारीले बताउनु भएकोछ।
सस्थाका महासचिव प्रकाश पौडेलले सस्थाले गरेका सामाजिक आर्थिक गतिबिधि सार्बजनिक गर्नुको साथै सस्थाका आगामी कार्ययोजना छलफल तथा पारित गरिने हुदा सस्थां संग सम्बन्धित एबम प्रबासमा रहनुहुने सम्पूर्ण पर्वते दाजुभाइ दिदिबहिनिलाइ यस अधिबेशनमा उपस्थितिको लागि अपिल गर्नु भएकाे छ। सबै जना अक्टोबर ८ मा फलेवासमा उपस्थिति काे लागि अनुराेध गरिएकाे अन्तर्राष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधि मुनाभुसाले धाैलागिरि मिडिया लाई जानकारि दिनुभएकाे छ
प्रकाशित मिति २०८२ असार २१ गते शनिवार ०२:४१