जलजला गाउँपालिकाले आफ्ना नागरिकमा कोरोना देखिएमा १० कोरोना संक्रमितलाई १० हजार सहयोग गर्ने

जलजला गाउँपालिकाले आफ्ना नागरिकमा कोरोना देखिएमा १० कोरोना संक्रमितलाई १० हजार सहयोग गर्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक १७ गते सोमबार ०२:३४

पर्वत, १७ कात्तिक– पर्वतको जलजला गाउँपालिकाले आफ्ना नागरिकमा कोरोना देखिएमा १० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने भएको छ । कोरोना संक्रमितको उपचारमा थोरै भएपनि राहत स्वरूप १० हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका...

पर्वत, १७ कात्तिक– पर्वतको जलजला गाउँपालिकाले आफ्ना नागरिकमा कोरोना देखिएमा १० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने भएको छ ।
कोरोना संक्रमितको उपचारमा थोरै भएपनि राहत स्वरूप १० हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण)ले बताए । गम्भीर अवस्थाका संक्रमितलाई अस्पतालसम्म लैजाने व्यवस्था गर्न रकम उपलब्ध गराउने भएको हो ।
पालिकाका संक्रमित गम्भीर अवस्थामा पुगेर अस्पताल लैजानु परेमा यातायातको खर्चसम्म भए पनि बेहोर्नका लागि यो निर्णय गरिएको प्रमुख मल्लको भनाई छ ।
जलजलाले कोरोना न्यूनीकरण र रोकथाम गर्नका लागि पालिकामा क्वारेन्टाइन र अस्थायी कोरोना अस्पताल निर्माण पनि गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले पालिका भित्रका सबै वडाहरूमा पुगेर समुदाय स्तरमा कोरोना परीक्षण गर्न थालेको छ ।

प्रकाशित मिति २०७७ कार्तिक १७ गते सोमबार ०२:३४
प्रतिक्रिया दिनुहोस