स्याङ्जामा एकैदिनमा १ सय ११ जना पक्राउ

स्याङ्जामा एकैदिनमा १ सय ११ जना पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २० गते बिहिबार १२:२३

२० कात्तिक– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन १ सय ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चाडवार्ड मान्न घरमा आएको मौका पारेर प्रहरीले ठुलो संख्यामा फरार प्रतिवादीलाई एकै पटक पक्राउ गरेको हो । अपराध गरेपछि कानुनको दायराबाट...

२० कात्तिक– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन १ सय ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चाडवार्ड मान्न घरमा आएको मौका पारेर प्रहरीले ठुलो संख्यामा फरार प्रतिवादीलाई एकै पटक पक्राउ गरेको हो ।
अपराध गरेपछि कानुनको दायराबाट कोही पनि उम्किन सक्दैन भन्ने चेतना जगाउन पनि योजना बनाएर एकैसाथ ठुलो संख्यामा रहेका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पक्राउ परेकाहरु कर्तव्यज्यान, जर्बजस्ती करणी, मानव बेचबिखन, लागुऔषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुविवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिटलगायतका मुद्धाका रहेका छन् ।
प्रहरी कार्यालयका अनुसार, अदालतले फैसला गरी सजाय तोकिएर पनि फरार रहेका ९७ जना पुरुष र १४ जना महिला गरी १ सय ११ जनालाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पठाईएको छ । चाडपर्वका बेला धेरै मानिसको आवागमन हुने भएकाले प्रहरीले दशैँअघिदेखि नै निगरानी गर्दैै आएको थियो ।
यसैबीच, अदालतले सजाय सुनाएको आठ वर्षपछि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा जिल्ला अदालत बागलुङले २०६९ साल भदौ २९ गते कैंद र जरिवाना सुनाएका बागलुङ नगरपालिका–९ का ३१ वर्षिय राजिन बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले अदालतले तोकेको एक वर्ष नौ महिना २० दिन कैंद र एक लाख रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ । अदालतको फैसलापछि तारेकमा रहेका खड्का लुकीछिपी बस्दै आएका थिए । बिहिबार आफ्नै घरमा रहेका खड्कालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । बिहिबारनै उनलाई जिल्ला अदालत पेश गरिएको छ ।

प्रकाशित मिति २०७७ कार्तिक २० गते बिहिबार १२:२३
प्रतिक्रिया दिनुहोस