२१ कात्तिक– बागलुङका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा शुक्रबार बागलुङ नगरपालिकाका ७ जना, काठेखोला गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
बागलुङ नगरपालिका वडा नं. २ का ८०, ५१ र २८ वर्षिया महिला तथा ४४ र ४६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । बागलुङकै वडा नं. ४ का ५४ वर्षिया महिला र ३१ वर्षिय पुरुष तथा काठेखोला गाउँपालिका वडा नं. ८ का २७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए ।
उनीहरु सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । संक्रमितमध्ये बागलुङ नगरपालिका–२ का चार जना एकै परिवारका सदस्य हुन् । बागलुङ नगरका संक्रमित जनप्रतिनिधि, राजनीतिककर्मी, होटल व्यवसायी र व्यापारी हुन् ।
वडाध्यक्ष श्रीषले जितिन् कोरोना
शुक्रबार बागलुङका ४ जनाले कोरोना जितेका छन् । धौलागिरी अस्पतालको आईसोलेसन उपचाररत काठेखोला गाउँपालिका–८ कि वडाध्यक्ष चित्रकला श्रीषसहित दुई जना महिला र काठेखोला गाउँपालिकामा रहेको भीमसेन प्रावि आईसोलेसनमा रहेका २ जना पुरुष संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए ।
प्रकाशित मिति २०७७ कार्तिक २१ गते शुक्रबार ०१:५३