धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक कोरोना संक्रमित महिलाको हेलिकोप्टरबाट उद्धार

धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक कोरोना  संक्रमित महिलाको हेलिकोप्टरबाट उद्धार

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २४ गते सोमबार १०:२६

धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बागलुङ नगरपालिका–४ कि ५४ वर्षीया महिलालाई स्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । उनलाई...

धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बागलुङ नगरपालिका–४ कि ५४ वर्षीया महिलालाई स्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो ।

उनलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता धौलागिरी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो। उनलाई अस्पतालमा अक्सिजन दिँइदै आइएको थियो ।

तर, समस्या थप जटिल बन्न सक्ने भन्दै परिवारले काठमाडौंको हेम्स अस्पताल लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति २०७७ कार्तिक २४ गते सोमबार १०:२६
प्रतिक्रिया दिनुहोस