मस्तिष्क पक्षघात रोगवाट पीडितलाई पर्वत सेवा समाज द्धरापर्वत सेवा समाज द्धरा

मस्तिष्क पक्षघात रोगवाट पीडितलाई पर्वत सेवा समाज द्धरापर्वत सेवा समाज द्धरा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २४ गते सोमबार ०२:००

२४ कार्तिक पर्वत । लामो समयदेखी मस्तिष्क पक्षघात रोगवाट पीडित पर्वत जिल्ला बिहादी गाउँपालिका–३ रानीपानीकी गोमा पराजुलीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । पर्वत सेवा समाज नेपालले पीडित पराजुलीको सहगार्थ दश हजार रुपैयाँ सहयोग...

२४ कार्तिक

पर्वत । लामो समयदेखी मस्तिष्क पक्षघात रोगवाट पीडित पर्वत जिल्ला बिहादी गाउँपालिका–३ रानीपानीकी गोमा पराजुलीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । पर्वत सेवा समाज नेपालले पीडित पराजुलीको सहगार्थ दश हजार रुपैयाँ सहयोग गरेको हो । लामो समयदेखी पक्षघात रोगवाट पीडित पराजुली हाल काठमाडौँमा उपचाररत हुनुहुन्छ ।

उपेन्द्र देवकोटा मेमोरियल हस्पिटल काठमाडौमा उपचारत पराजुली हाल नेचर कियर हस्पिटल भरतपुरमा हुनुहुन्छ । पराजुलीको उपचार तत्काल सम्भाव नभएपछि हाल उहाँ भरतपुरमा डेरा गरि बस्नुभएको छ ।

कोरोना भाइरस सँगै लामो समय लकडाउन हुँदा पराजुलीको उपचारमा थप समस्या भएको जानकारी पाएसँगै थोरै भएपनि सहयोग पु¥याउने उद्देश्यले आर्थिक रकम प्रदान गरिएको पर्वत सेवा समाज नेपालकी अध्यक्ष मुना भुषालले जानकारी दिनुभयो । भुषालले पराजुलीको बस्दै आएको घरमा पुगि रकम हस्तान्तरण गर्नुभएको थियो । भुषालले पर्वत सेवा समाज नेपालले पर्वत जिल्लामा निस्वार्थ भावनाले काम गरेको बताउनु भयो ।

पीडित पराजुलीले कोरोनाको त्रासका बेला डेरामा आएर सहयोग गरेकोमा पर्वत सेवा समाज नेपाल परिवारलाई धन्यवाद दिनुभयो । उहाँले दाताहरुको सहयोगले उपचारमा सहज भएको बताउँदै आगामी दिनमा थप सहयोग गरिदिनुहुन अनुरोध गर्नुभयो । पराजुलीको उपचारका लागि हाल ३० लाख रुपैयाँ खर्च भईसकेको छ ।

प्रकाशित मिति २०७७ कार्तिक २४ गते सोमबार ०२:००
प्रतिक्रिया दिनुहोस