टिकटक स्टार निकिशा श्रेष्ठमाथि दुब्र्यबहार गर्ने युवक को हुन् ? भिडियो भाइरल बनेपछि प्रहरीले थाल्यो छानबिन

टिकटक स्टार निकिशा श्रेष्ठमाथि दुब्र्यबहार गर्ने युवक को हुन् ? भिडियो भाइरल बनेपछि प्रहरीले थाल्यो छानबिन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर ४ गते बिहिबार ०२:०२

तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि एक समुहले सार्वजनिक स्थलमा नै अपशब्द प्रयोग गर्दै गरेको दुब्र्यबहारको प्रहरीले छानबिन सुरु गरेको छ । मोटरसाइकलमा आएको एक समुहले काठमाडौँको सडकमा हिँडिरहेकी निकिशालाई अपशब्द प्रयोग गरेको भिडियो...

तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि एक समुहले सार्वजनिक स्थलमा नै अपशब्द प्रयोग गर्दै गरेको दुब्र्यबहारको प्रहरीले छानबिन सुरु गरेको छ । मोटरसाइकलमा आएको एक समुहले काठमाडौँको सडकमा हिँडिरहेकी निकिशालाई अपशब्द प्रयोग गरेको भिडियो समेत भाइरल बनेको छ ।

उक्त भिडियोमा सुरुमा निकिशालाई गिज्याइएको देखिन्छ । निकिशाले आँफुलाई अपशब्द प्रयोग गर्ने समुह विरुद्ध जाइलागेपछि उक्त समुहले झनै छाडा शब्द बोल्छन् । सामाजिक सञ्जालमा सार्वजनिक उक्त भिडियोमा प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको हो ।

श्रेष्ठलाई सडकमा अपशब्द बोल्दै गरिएको दुर्व्यवहारको विषयमा गुनासो आएपछि छानबिन सुरु गरिएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक कुवेर कडायतले बताए । निकिशाका कैयौँ टिकटक भाइरल छन् ।

प्रकाशित मिति २०७७ मङ्सिर ४ गते बिहिबार ०२:०२
प्रतिक्रिया दिनुहोस