उत्तम प्रसाद अधिकारी/
स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः समृद्धी र शुसासन भन्ने मुल नाराको साथ नवौं राष्ट्रिय कर दिवस, २०७७ उत्कृष्ठ करदातालाई सम्मान गर्दै आईतावार वाग्लुङमा सम्पन्न भएको छ । कार्यक्रममा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. लगायतका संस्थालाई आर्थिक वर्ष २०७५/०७६ मा सवै भन्दा वढि कर दाखेला गरी उत्कृष्ठ करदाताको रुपमा सम्मान गरिएको छ । सो आर्थिक वर्षमा नेष्डो लघुवित्त वित्तीय संस्था लि. ले ३ करोड २२ लाख २६ हजार ६८४ रुपैयाँ पैसा ७१ कर दाखेला गरी पर्वतसंगै साविकको धवलागिरी अञ्चलमा रहेका चारै जिल्लामा उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएको हो ।

यसै गरी अन्य सम्मानित करदाताहरुमा वाग्लुङ जिल्लावाट ग्रिन डेभलपमेन्ट वैंक लि., म्याग्दी जिल्लावाट कुमारी वचत तथा ऋण सहकारी संस्था लि. र मुस्ताङ जिल्लावाट अमित विल्र्डस कम्पनी रहेका छन् । यसै गरी सो आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने कार्यालयका नायवसुव्वा राजेन्द्र वहादुर परियारलाई समेत कार्यालयले सम्मान गरेको थियो । सम्मानित करदाता तथा कर्मचारीलाई मलाा, दोसल्ला र सम्मानपत्रले जिल्ला प्रशासन कार्यालय वाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, प्रमुख कर अधिकृतद्वय हेमराज सुवेदी र जनकराज शर्माले सम्मानपत्र, दोसल्ला र मालाले सम्मान गर्नु भएको थियो ।

आन्तरीक राजश्व विभागले २०६९ साल देखि हरेक वर्ष मंशिर १ गतेलाई राष्ट्रिय कर दिवस घोषणा गरी राष्ट्रिय रुपमा साप्ताहिक कर दिवस मनाउने क्रममा आन्तरिक राजश्व कार्यालय वाग्लुङले सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले देशको कर प्रशासन करदातामैत्री भएसंगै करदाता पनि कर तिर्न उत्सुक हुने वताउदै उत्कृष्ठ करदातालाई वधाई तथा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठले राज्यले अवलम्वन गरेको करनीति साना व्यवसायीमैत्री नभएको भन्दै यस तर्फ ध्यान पु¥याउन आग्रह गर्नु भयो ।
सम्मानित करदातालाई वधाई दिंदै उहाँले यस किसिमको सम्मानले करदातालाई आत्मा गौरव वढाउने वताउनु भयो । कार्यक्रममा वोल्दै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. कुश्माका अध्यक्ष विश्व प्रकाश प्रसाईले देशका दुरदराजमा पुगी अति विपन्न वर्गलाई घरदैलोमा आर्कषक वचत योजना, सुलभ कर्जा सुविधा र एक दर्जन कल्याणकारी सुविधा प्रदान गरेर पनि सवै भन्दा वढि कर दाखेला गरी राष्ट्रलाई योगदान पु¥याउन पाएकोमा आँफूलाई गौरव लागेको वताउनु भयो । उहाँले कानून बमोजिम कर तिर्नु दायित्व करदाताको भए पनि यस किसिमको सम्मानले करदाता करतिर्न आँफै अग्रसर हुने वताउनु भयो ।
कार्यक्रममा कुमारी सहकारी, म्याग्दीका उपाध्यक्ष राज कुमार थापाले वैंक तथा वित्तीय संस्था एवम् सहकारी संस्थाहरुको लेखा प्रणाली पारदर्शी र प्रविधी मैत्री भएको वताउदै आज तीन जिल्लावाट यस क्षेत्रका मात्र करदाता सम्मानित हुँन पाएकोमा खुशी व्यक्त गर्दै व्यापार, व्यासायीहरु पनि उत्कृष्ठ करदाता वन्न लाग्नुपर्नेमा जोड दिनु भयो । मुस्ताङ जिल्लाका उत्कृष्ठ करदाता अमित विल्डर्सका प्रतिनिधी नरेश पुनले मुस्ताङ जिल्लावाट आफ्नो कम्पनी सम्मानित भएकोमा खुशी व्यक्त गर्नु भयो ।
कार्यक्रम प्रमुख कर अधिकृत हेमराज सुवेदीको अध्यक्षता, नव आगन्तुक प्रमुख कर अधिकृत जनकराज शर्माको स्वागत एवम् कर अधिकृत वुद्धि प्रसाद आचार्य को सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति २०७७ मङ्सिर ८ गते सोमबार ०२:३९