गण्डकीसहित चार प्रदेशमा हिमपात र वर्षाको संभावना

गण्डकीसहित चार प्रदेशमा हिमपात र वर्षाको संभावना

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १० गते बुधबार ०७:२४

१० मंसिर– गण्डकी प्रदेशसहित बुधबार देशका चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी...

१० मंसिर– गण्डकी प्रदेशसहित बुधबार देशका चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा दिउँसो सामान्य खालको पानी पर्ने सम्भावना छ । बाँकी ठाउँको मौसम आंशिकदेखि सामान्य खालको बद्ली हुने सम्भावना रहेको मौसमविद् बासीले बताइन् । राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा सामान्य बद्ली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।
भोलिको मौसम पनि लगभग यस्तै रहन्छ । आज र भोलि देशभर नै पारिलो घाम लाग्ने सम्भावना छैन । पर्सिदेखि भने मौसम सुधार हुने उनले बताईन् ।

प्रकाशित मिति २०७७ मङ्सिर १० गते बुधबार ०७:२४
प्रतिक्रिया दिनुहोस