ढुक्क भएर होटल व्यवसायमा लगानी गर्नुस् : जितेन्द्र सोनाल

ढुक्क भएर होटल व्यवसायमा लगानी गर्नुस् : जितेन्द्र सोनाल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १२ गते शुक्रबार १२:३२

प्रदेश–२ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ढुक्क भएर होटल व्यवसायमा लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । स्तरीय होटल खोल्दा प्रदेशकै पर्यटनको विकासमा टेवा पुग्ने भएकोले प्रदेश सरकारले आवश्यक सुरक्षाको...

प्रदेश–२ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ढुक्क भएर होटल व्यवसायमा लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । स्तरीय होटल खोल्दा प्रदेशकै पर्यटनको विकासमा टेवा पुग्ने भएकोले प्रदेश सरकारले आवश्यक सुरक्षाको बन्दोबस्त गर्ने उनले बताए

कलैयामा शुक्रबार सुबिधा सम्पन्न होटेल करण राज प्यालेसको उद्घाटन गर्दै मन्त्री सोनलले निर्धक्क भएर लगानी गर्न आग्रह गरे । ‘व्यवसायीहरुसँग पैसा छ तर लगानीको वातावरण छैन भनेर होटल व्यवसायमा लगानी गर्दैनन्,’ उनले भने, ‘कतिपय व्यवसायी साथीहरुले आँट देखाउनुभएको छ, यसले आन्तरिक र बाह्य दुवैखाले पर्यटकलाई आर्कषित गर्छ । त्यसैले प्रदेश सरकार सुरक्षा लगायत अन्य आवश्यक सहयोग गर्न तयार छ ।’

कलैया उपमहानगरपालिका–४ स्थित पर्सा सिटी कोलोनीमा व्यवसायी मणिलाल सर्राफले २५ करोडको लागतमा होटल सञ्चालनमा ल्याएका हुन् ।

यो पनि पढ्नुहोसकलैयामा २५ करोडको लागतमा पार्टी प्यालेस सञ्चालनमा आउँदै

स्वीट, डिलक्स र स्ट्यान्डर्ड गरी २० ओटा कोठा, ३ सय जनासम्म मानिस अट्ने ३ वटा हल सहितको करणराज प्यालेस कलैयाकै दोस्रो पार्टी प्यालेस पनि हो ।

प्रकाशित मिति २०७७ मङ्सिर १२ गते शुक्रबार १२:३२
प्रतिक्रिया दिनुहोस